कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २५ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित भएको आशङ्कामा पीसीआर विधिबाट १४ हजार ५ सय ९ र आरडीटी विधिबाट ५४ हजार ९३ जनाको नमूना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा आरडीटी विधिबाट प्रदेश १ मा ६ हजार ५ सय ५९, प्रदेश २ मा ५ हजार ३ सय ४८, बागमती प्रदेशमा ९ हजार ४४, गण्डकी प्रदेशमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३, कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ जनाको नमूना स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभएको छ । देशभर सङ्क्रमितको सङ्ख्या १ सय १ पुगेको छ । वैशाख २५ गते कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । उहाँहरू दुवै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना देखिएकामा ७३ जना पुरुष र २८ जना महिला रहेका छन् । प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा २६, सुदूरपश्चिम प्रदेशमा पाँच जना रहेका छन् । वैशाख २५ गतेसम्म कर्णाली प्रदेशमा पहिचान भएका सङ्क्रमित छैनन् । उनीहरूमध्ये रुपन्देहीमा एक, बाँकेमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा २६ र मोरङमा २५ जना गरी हाल ७७ जनाको उपचार भइरहेको छ । त्यसमध्ये तीन जना डिस्चार्ज भए पश्चात पुनः सङ्क्रमित हुन् ।
हालसम्म क्वारेण्टाइनमा रहेकाको सङ्ख्या १७ हजार ३ सय ७२ रहेको छ । जसमध्य प्रदेश १ मा १ हजार ९ सय १५, प्रदेश २ मा १ हजार २ सय ९०, बागमती प्रदेशमा २ सय ६१, गण्डकी प्रदेशमा ५ सय २८, प्रदेश ५ मा ६ हजार ८ सय १२, कर्णाली प्रदेशमा ३ हजार ८९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४ सय ७७ जना रहेका छन् ।
वैशाख २५ गते सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूकये कोरोना सङ्क्रमण परीक्षण गरिएको छ । वैशाख २६ गतेदेखि सुरू हुने संसदको बजेट अधिवेशनअघि सबै सांसदहरूको स्वाब सङ्कलन गरिएको हो । वैशाख २५ गते १ सय ७० जना प्रतिनिधिसभा सदस्य र ३३ जना राष्ट्रियसभा सदस्यको स्वाब लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको छ । सांसदबाहेक संसद सचिवालयका कर्मचारीहरूको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । वैशाख २६ गते दिउँसो ४ बजे सुरू हुने संसद बैठकमा प्रवेश गर्न सांसदहरूले आफूलाई कोरोना सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनु पर्नेछ ।
स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट वैशाख २५ गते साँझ नेपाल ल्याइएको छ । पीसीआर टेष्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले सहयोग गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल ल्याइएको हो । स्वीटजरल्याण्ड सरकारकोतर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।
गौतम बुद्धको जन्म भएको दिन अर्थात २५६४ औँ बुद्ध जयन्तीका अवसरमा वैशाख २५ गते देशैभर दीपावली गरिएको छ । सरकारले बुद्ध जयन्तीको अवसरमा घरघरमा दीपावली गर्न आह्वान गरेको थियो । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण बुद्ध जयन्ती समारोह समितिले पनि घरमै बसेर बुद्ध जयन्ती मानाउन आग्रह गरेको थियो ।
प्रदेश १
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत आठ जना वैशाख २६ गते डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुने आठ जनाको दुईपटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । डिस्चार्ज हुनेमा सात जना नेपाली र एक जना भारतीय छन् । सात नेपाली डिस्चार्ज हुनेमध्ये दुई जना विराटनगरका र पाँच जना उदयपुरका छन् । कोरोना उपचार केन्द्रमा भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा आठ जनाको रिपोर्ट नेगेटिभ र सात जनाको पोजेटिभ आएको थियो । कोभिड अस्पतालबाट यसअघि ६ जना डिस्चार्ज भएका थिए । आठ जना डिस्चार्ज भएपछि उपचार केन्द्रमा १७ जना रहेका छन् । उनीहरू सबैको अवस्था सामान्य छ ।
प्रदेश १ मा वैशाख २५ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद १ हजार ७ सय ८९ जनाको स्वाव सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएकामध्ये ४ सय २२ जना महिला र १ हजार २ सय ९० जना पुरुष गरी १ हजार ७ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आरडीटी विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण गरिएको छ । आरडीटी परीक्षण गरिएका मध्ये १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी गरिएका १ हजार २ सय १२ जना महिला र ५ हजार ५ सय ६० जना पुरुष गरी ६ हजार ७ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारले वैशाख २५ गतेसम्म ५ हजार ७ सय ९८ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । मोरङको मिक्लाजुङमा नेपाली सेनाले यसअघि निर्माण गरेको २ सय बेडको क्वारेन्टाइन हटाइएको छ । हावाहुरीका कारण पाल उडाएपछि क्वारेन्टाइन हटाइएको हो । प्रदेशमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १ हजार ४ सय २ जना पुगेको छ । होमक्वारेन्टाइनमा ७ हजार ६ सय २९ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री च्यारिटीले वैशाख २५ गते सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री घिमिरेले सङ्कटको समयमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । कतार च्यारिटीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ३ सय थान, आईआर थर्मोमिटर २५ थान, मास्क, ग्लोब्स लगायत गरी ५ हजार १ सय २५ थान सामग्री हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखले बताउनु भयो ।
प्रदेश २
प्रदेश २ मा वैशाख २५ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद २ हजार ७ सय ५३ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २ हजार ३ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । ३ सय ५१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
त्यसैगरी, वैशाख २५ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ३ सय ५६ जनाको गरिएकोमा ५ हजार ३ सय ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार ३७ बेड क्षमताको १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ३ सय २७ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश भरिमा अहिले ४ हजार ४ सय ५० जना व्यक्तिहरू होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ९७ बेड क्षमताको आइसोलेसनमा ४५ जना उपचारार्थ छन् ।
कोरोना भाइरस कोभिड–१९ बाट बच्न तथा रोकथाम र उपचारका लागि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले २ अर्ब रुपियाँ निकासा गरेको छ । चालु आर्थिक ०७६÷०७७ अन्र्तगत प्रदेश सरकारको कुल बजेटको पाँच प्रतिशत भन्दा बढी रकम रहेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कूल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपियाँको बजेट सञ्चालनमा रहेको अर्थ मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले बताउनु भयो । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्र्तगत ८६ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १० करोड ४५ लाख रुपियाँ पठाइएको छ । प्रदेश सरकारमार्फत लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई ३३ करोड ७० लाख, भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३६ करोड, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १ करोड, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको चार ओटा डिभिजनलाई २५÷२५ लाख रुपियाँका दरले पठाइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
बाराको सुवर्ण गाउँपालिका–३ पचगछिया सिमावर्ती नाकामा भारतीय नागरिकको एक समूहले लकडाउनका कारण नेपाल प्रवेश गर्न नपाएकाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बलका एसपी दिगविजय सुवेदीले बताउनु भयो । उहाँले भारत बिहार हनुमाननगरका दुई जनालाई सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न नदिएपछि उनीहरूले गाउँबाट सयौंको सङ्ख्यामा भारतीयहरूलाई बोलाएर सशस्त्र प्रहरी माथि आक्रमण गरेका थिए । दुई जनाको सङ्ख्यामा ड्युटीमा रहेका सशस्त्र प्रहरी माथि एक सयको सङ्ख्यामा आएका भारतीय नागरिकको समूहले आक्रमण गरी हतियार खोस्ने प्रयाससमेत गरेको सुवेदीले बताउनु भयो । भारतीय नागरिकहरूले ढुङ्गामुढा गर्नुका साथै सशस्त्र प्रहरीको चेकपोष्टमा तोडफोड गर्दा प्रहरीले एक राउण्ड हवाइफायर गरेको थियो । अहिले अवस्था सामान्य रहेको एसपी सुवेदीले बताउनु भयो ।
जलेश्वर नगरपालिका–१ बखरी स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाइनबाट वैशाख २४ गते बिहान ५ः३० बजे भारतको सितामढी निवासी २१ वर्षीय, ३० वर्षीय र ३९ वर्षीय पुरुषहरू भागेको स्वास्थ्य शाखाका अधिकृत सञ्जयकुमार शर्माले बताउनु भयो । उनीहरूलाई वैशाख २२ गते क्वारेन्टाइनमा राखिएको थियो । २४ घण्टा दुई जना सुरक्षाकर्मी र नगर प्रहरीको निगरानीमा रहँदै आएको सो क्वारेन्टाइनबाट सुनियोजित तरिकाले उनीहरू भागेको शर्माले बताउनु भयो । क्वारेन्टाइनबाट तीन जना फरार भएपछि बाँकी १८ जनामाथि कडा निगरानी बढाइएको छ । फरार भएकाहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरी एसपी श्यामकृष्ण अधिकारीले बताउनु भयो ।
लकडाउनको मौका छोपी कालोबजारी भइरहेको उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, राजविराजको अगुवाइमा संयुक्त अनुगमन टोलीले राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाका बजारमा अनुगमन गरेको छ ।
लहान नगरपालिका–५ मा युथ मुस्लिम वेलफेयर सोसाइटी नेपालले लकडाउनको प्रत्यक्ष मारमा परेका मजदुर, एकल महिला, गरिब तथा विपन्न परिवारहरूलाई वैशाख २५ गते खाद्य सामग्री वितरण गरेको छ ।
बागमती प्रदेश
कोभिड–१९ नियन्त्रण तथा रोगथामका लागि सिन्धुपाल्चोकका चौतारा सागाचोकगढी नगरपालिका, इन्द्रावती र बलेफी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले आपूmले पाउने सुविधा विपत् कोषमा जम्मा गर्ने निर्णय गरेकय छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले निर्वाचित सबै जनप्रतिनिधिले १५ दिनमा प्राप्त हुने सुविधा ५ लाख ३० हजार रुपियाँ कोषमा जम्मा गर्ने जनाएको छ । बलेफी गाउँपालिकाले ३ लाख ४४ हजार ३ सय ३३ रुपियाँ र इन्द्रावती गाउँपालिकाका सबै जनप्रतिनिधिले प्राप्त गर्ने एक महिनाको सुविधा कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
इन्सेक बागमती प्रदेश कार्यालयले मकवानपुरका हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालाई स्वास्थ सामग्री सहयोग गरेको छ । हेटौँडा र चितवनमा सञ्चालित पीसीआर ल्याबमा कोरोना भाइरस परीक्षणका लागि किट अभाव भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा किटकै अभावमा पीसीआर परीक्षण एक सातादेखि रोकिएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख २५ गते थप पाँच जनाको स्वाब परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ । प्रदेशमा हालसम्म कुल ६ सय ९० जनाको स्वाब परीक्षण गरिएको छ भने ६ सय ८५ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तीन जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले श्रममा आधारित राहत दिने भएको छ । नगरपालिकाले लकडाउनको कारण समस्यामा परेका नागरिकलाई यसअघि नै पहिलो चरणको राहत वितरण गरिसकेको छ । लकडाउन पछिल्लो पटक जेठ ५ गतेसम्म लम्बिँदा पुनः राहत विरतण गर्नुपर्ने अवस्था आएपछि नगरपालिकाले मजदुर लाई सार्वजनिक विकास निर्माणको काममा लगाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
लमजुङ जिल्ला बेसीशहर नगरपालिकामा १ सय ६५ बेड क्वारेण्टाइन रहेकोमा ७० प्रतिशत क्वारेण्टाइन मापदण्ड नपुगेको नगरपालिकाको स्वास्थ्य इकाइ प्रमुख मनोज बोहराले जानकारी दिनुभएको छ ।
प्रदेश ५
कपिलवस्तुका दुई जनामा कोरोना सङ्क्रमण पुष्टी भएसँगै प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । कपिलवस्तुका १६ वर्षीय बालक र २१ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टी भएको सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मजदुरीका लागि भारत गएका व्यक्तिहरू प्रत्येक दिन लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम वृद्धि भएसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमणको त्रास पैmलिएको थियो । चाकडचौडा, मर्यादपुर, हरदौना, भिल्मी र कृष्णनगरका नाकाहरू ४ सय ८३ जना नेपाली अलपत्र परेका छन् ।
छिमेकी जिल्ला रुपन्देहीबाट पाल्पा भित्रने अत्यावश्यक बाहेक अन्य सबै सवारी साधन र यात्रुलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ । छिमेकी जिल्लाहरूबाट पाल्पा आएका सबैलाई क्वारेण्टाइनमा राख्न थालिएको छ ।
बर्दियाको गुलरिया नपा–१० प्रयागपुरस्थित नेपाल राष्ट्रिय माविमा रहको क्वारेण्टाइनमा किरा मिसिएको भात खुवाएको, दुई दिनदेखि चियानास्ता नखुवाएको, हात धुन र नुहाउन साबुन उपलब्ध नगराएको भन्दै क्वारेण्टाइनमा बसेका व्यक्तिले फोनमार्फत वैशाख २५ गते इन्सेकलाई गुनासो गरेका छन् । तत्कालै इन्सेक जिल्ला प्रतिनिधि मानबहादुर चौधरीले स्थलगत अनुगमन गर्नुभएको छ । सो क्रममा गुलरिया नपा–१० का वडाध्यक्ष वीरेन्द्रकुमार थारुले सो आरोप स्वीकार गर्नु भएको छ । समयमा नै अनुगमन गर्न नसक्दा कमजोरी भएको र त्यसलाई तत्काल सुधारको लागि सबै व्यवस्था गरिसकेको उहाँले बताउनु भएको छ । गुलरिया नपा–१० पर्यागपुरस्थित नेपाल राष्ट्रिय माविमा ४३ बेड रहेका छन् । अहिले यहाँ १८ जना रहेका छन् । तीमध्ये १६ जना भारतीय र दुई जना नेपाली रहेका छन् । सबैजना जुम्लाबाट फर्किएपछि क्वारेण्टाइनमा राखिएको हो ।
कर्णाली प्रदेश
कालीकोट जिल्लामा लकडाउनको समयमा भारत तथा विभिन्न स्थानबाट आएका १ हजार १ सय ४७ जना नागरिकहरू स्थानीय तहका क्वारेन्टाइनमा राखिए पनि त्यहाँ बस्न नमानेका कारण वैशाख २५ गतेसम्म १ सय १० जना मात्र क्वारेन्टाइनमा रहेको स्वास्थ्य सेवा कार्यालय, कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिनु भयो ।
हुम्ला जिल्लाको सात ओटै गाउँपालिकामा रहेका क्वारेण्टाइनमा बस्दै आएका व्यक्तिहरूका लागि चेकजाँच गर्नका लागि आरडिटी परीक्षण गर्ने किटको अभाव भएको भनी नागरिक समाजका अगुवा बसन्त रोकायाको नेतृत्वमा वैशाख २५ गते सो सामग्री छिटो उपलब्ध गर्न पहल गर्न भन्दै विभिन्न किसिमका नाराहरू लेखेका पोष्टरहरू टाँस्न थालिएको छ । काठमाडौँसहित विभिन्न जिल्लाबाट उद्दार गरिएका २ सय २० जनालाई रुकुम (पश्चिम) जिल्लाको सानिभेरी गाउँपालिकाले आरडीटी किट अभावका कारण १४ दिन क्वारेन्टाइनपछि सामान्य चेक जाँचपश्चात् घर पठाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह विष्टले जानकारी दिनुभयो ।
काठमाडौँलगायतका शहरी जिल्लाहरूमा बसेर अध्ययन गरिरहेका तर लकडाउनको कारण घर आउन नसकेर समस्या भोगिरहेका डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ देखि ८ सम्मका १ सय विद्यार्थीहरूलाई प्रतिविद्यार्थी ५ हजार रुपियाँका दरले राहत वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
अछामका स्थानीय तहसहित जिल्ला प्रशासन कार्यालयका अधिकारी सम्मिलित बैठकले वैशाख २४ गतेदेखि कर्णाली, सेतीलगायतका नदीमा डुङ्गा प्रयोग गरी जिल्ला प्रवेश गर्न रोक लगाएको छ । कोही लुकीछिपी आएमा हदैसम्मको कारबाही गर्नेसमेत सो बैठकले निर्णय गरेको छ ।
भारतसँग सीमा जोडिएका दार्चुला जिल्लाका चार ठाउँमा सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोष्ट) राख्ने गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले दार्चुलाका थप तीन ठाउँमा बिओपी राख्नको लागि कार्ययोजना पठाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका डिएसपी डम्मरबहादुर विष्टले बताउनु भयो । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वैशाख २३ गतेदेखि २५ गतेसम्म ६ ओटा वडाका २ सय ६५ जना दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरेको जनाएको छ ।
बैतडी जिल्लाको दशरथ चन्द नगरपालिकाका विपन्न परिवारलाई भनी आएको राहत हुने खानेलाई पनि दिइएको भनी विपन्न परिवारका हिरा भुलको आरोप छ । एकै स्थानीय तहमा पनि कुनै वडामा चामल, दाल, नुन र तेल वितरण गरिएको छ भने कुनै वडामा चामल मात्रै वितरण गरिएको मधु भुलले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…