कोरोनाविरुद्व कर्णाली प्रदेशमा उच्च सर्तकता
विश्वव्यापी संक्रमण तथा माहामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड–१९) को विरुद्व कर्णाली प्रदेश सरकारले उच्च सर्तकता अपनाएको छ ।
कर्णाली प्रदेशका जनतालाई कोराना भाइरस रोगको बारेमा सचेतीकरण गर्दै यसबाट सुरक्षित राख्न प्रदेश सरकारले उच्च सर्तकता अपनाएको हो ।
कोरोना भाइरसबाट यहाँका जनतालाई सुरक्षित राख्न कर्णाली प्रदेशमा रहेका पाँचओटा प्रमुख प्रवेश नाकामा हेल्थ डेस्कको स्थापना गरिसकेको छ ।
यसैगरी कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा आइसोलेसन वार्डको स्थापना र जिल्ला अस्पतालहरूमा आवश्यक पर्ने जनशक्ति तीन महिनाका लागि करारमा नियुक्त गरिसकेको सामाजिक विकास मन्त्री दल रावलले बताउनु भयो ।
यस प्रदेशमा कोरोना भाइरस भित्रिन नदिन मुगुमा नौ, रुकुम पश्चिममा आठ, सल्यानमा एक, डोल्पामा दुई, जाजरकोटमा एक, जुम्लामा पाँच, सुर्खेतमा तीन, दैलेखमा दुई र हुम्लामा पाँच गरी ३६ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको मन्त्री रावलले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसविरुद्व उच्च सर्तकताको नीति अघि सार्ने क्रममा ३२ जना हेल्थ असिस्टेन्ट करारमा नियुक्ति गरिसकेको र आवश्यक सर्जिकल मास्क ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…