कोभिड–१९: यो साता २३ हजारको परीक्षण गर्दा ९ सय २४ जनामा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा २३ हजार २ सय ७० ओटा स्वाब परीक्षण गर्दा ९ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । एक सातामा ५ सय ९२ जना सङ्क्रमित निको भए भने आठ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो ।
बागमती प्रदेश
यस प्रदेशमा चैत १६ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा १ लाख ५२ हजार ६ सय ९७ जना पुगेको छ । अघिल्लो साता १ लाख ५२ हजार १ सय ७८ जना कोभिड–१९ का सङ्क्रमित रहेकोमा यो साता ५ सय १९ जना सङ्क्रमित थपिएका छन् । यो साता अघिल्लो साताभन्दा १ सय ६ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ५१ हजार १ सय ४६ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ५ सय ३३ जना उपचाररत छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ३ सय ३२ जना रहेकोमा यो हप्ता २ सय १ जना बढ्न गई ५ सय ३ जना पुगेको हो ।
चैत १६ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार १८ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा दुई जनाले मात्रै बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६७ प्रतिशत रहेको छ । अघिल्लो साता ३९.६० प्रतिशत महिला र ६०.४० प्रतिशत पुरुष सङ्क्रमित भएकोमा चैत १० गते ३९.६० प्रतिशत महिला र ६०.४० प्रतिशतको अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा अघिल्लो साता देशको कूल सङ्क्रमणको सङ्ख्या ५५.१० प्रतिशत रहेकोमा चैत १६ गते पनि सोही प्रतिशत कायम रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो साता ९९.११ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा चौत १६ गते आइपुग्दा यो सङ्ख्या ९८.९८ प्रतिशतमा झरेको छ । कोभिड १९ विरुद्ध पहिलो र दोस्रो चरणको खोप कार्यक्रममा लक्ष्य ६ लाख २ हजार ६ सय को ४६ जना रहेकोमा ३ लाख ९५ हजार ५६ जनाले खोप लागाएका छन् । जुन लक्ष्यको ६५.५५ प्रतिशत मात्र पुरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यो साता महिला २१ जना र पुरुष ४७ जना गरी ६८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता सबैभन्दा बढी बाँके जिल्लामा १६ जनामा सङ्क्रण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ९० रहेको थियो ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा चैत १० गतेदेखि चैत १६ गतेसम्म सात जना महिला सहित ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । चैत १६ गते मात्रै सुदूरपश्चिमका डडेल्धुरा जिल्लामा एक पुरुष, डोटीमा एक पुरुष, कैलालीमा तीन महिला सहित १० जनामा र कञ्चनपुरमा दुई पुरुष गरी जम्मा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको भएपनि यो साता कोभिडका कारण मृत्यु भएन । हालसम्म सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ३२ जना महिला र ११ हजार १ सय २४ जना पुरुष गरी १५ हजार ५६ जनामा कोभिड पुष्टि भएको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशका १ लाख ४९ हजार ५ सय ७९ जनाले खोप लिएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…