कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये आठ प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । यो साता प्रतिदिन २७ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा १ लाख ३ हजार ७ सय ४७ ओटा स्वाब परीक्षण गर्दा ३९ हजार ८ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा ८ हजार ६४ जना सङ्क्रमित निको भए भने १ सय ८६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । नेपालमा कोभिड–१९ को दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको दर पनि ह्वात्तै बढेको छ । देशका ४५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरी कोभिड नियन्त्रणको पहल गरिएको सरकारले जनाएको छ ।
एक साताको अवधिमा कोभिड परीक्षण, सङ्क्रमित, निको भएका र मृत्यु | ||||||||
विवरण | २० गते | १९ गते | १८ गते | १७ गते | १६ गते | १५ गते | १४ गते | जम्मा |
परीक्षण | १६६५८ | १६१४७ | १४४०३ | १५३९१ | १२५९७ | १३८७९ | १४६७२ | १०३७४७ |
सङ्क्रमित | ७३८८ | ७१३७ | ५७०६ | ५६५७ | ४८३१ | ४७७४ | ४३६४ | ३९८५७ |
१९ वर्ष मुनीकालाई सङ्क्रमण | ५९५ | ६२३ | ४३८ | ४९८ | ३८४ | ४१६ | ३८४ | ३३३८ |
निको भएका | २०२१ | १६१२ | १२८७ | ९२८ | ८८८ | ७७३ | ५५५ | ८०६४ |
मृत्यु | ३७ | २७ | १९ | ३३ | ३५ | १७ | १८ | १८६ |
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १४ गतेदेखि वैशाख २० गतेसम्मको अवधिमा झापामा २ सय ३५ जना पुरूष र १ सय ४८ जना महिला गरी ३ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २ सय ८५ जना पुरूष र १ सय ८२ जना महिला गरी ४ सय ६७ जना, मोरङमा ६ सय ९२ जना पुरूष र ४ सय ६५ जना महिला गरी १ हजार १ सय ५७ जना, पाँचथरमा चार जना पुरूष र चार जना महिला गरी आठ जना, सङ्खुवासभामा १९ जना पुरूष र पाँच जना महिला गरी २४ जना, उदयपुरमा २४ जना पुरूष र १३ जना महिला गरी ३७ जना, भोजपुरमा १० जना पुरूष र आठ जना महिला गरी १८ जना, धनकुटामा १६ जना पुरूष र सात जना महिला गरी २३ जना, इलाममा १५ जना पुरूष र १२ जना महिला गरी २७ जना, खोटाङमा १२ जना पुरूष र सात जना महिला गरी १९ जना, ओखलढुङ्गामा १८ जना पुरूष र तीन जना महिला गरी २१ जना, सोलुखुम्बमा चार जना पुरूष र चार जना महिला गरी आठ जना, ताप्लेजुङमा १७ जना पुरूष र १३ जना महिला गरी ३० जना र तेहृथुममा दुई जना पुरूष र पाँच जना महिला गरी २ हजार २ सय २९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा २ हजार २ सय २९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख १४ गतेबाट वैशाख २० गतेसम्म थप १ हजार ९ सय ४९ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ हजार १ सय २६ जना पुरुष र ८ सय २३ जना महिला रहेका छन् । यो सँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय २९ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख २० गतेको तथ्याङक अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये २ हजार ६ सय ८७ जना होम आइसोलेशनमा रहेका छन् भने १ सय ५३ जना संस्थागत आइसोलेशन, पाँच जना आइसियू र एक जना भेन्टिलेटरमा रहेका छन् । कोभिड १९ सङ्क्रमण बढेसँगै कास्की र स्याङजा जिल्लामा निशेघाज्ञा जारी गरिएको छ भने बाग्लुङ, पर्वत, गोरखा, नवलपुर जिल्लाका केही स्थानीयतहहरु बन्द गरिएका छन् । हाल कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने गोरखा, नवलपुर र बागलुङमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संयोजकत्वको प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले गण्डकी प्रदेशमा कोभिड–१९ महामारी बढ्दै गएकाले आइसोलेशनवार्डहरुको अभाव हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको छ । ‘अस्पतालमा तत्काल बेड उपलब्ध हुन नसक्ने अवस्थामा होम आइसोलेसनलाई प्रोत्साहन दिन र होम आइसोलेसनका सङ्क्रमितलाई निःशुल्क उपलब्ध गराउनुपर्ने आइसोलेशनकिटको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने छ ।’–निर्णयमा भनिएको छ–‘कम्तीमा तीन महिनालाई आवश्यक किटका लागि लाग्ने रकम एकीन गरी व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिनेछ ’
यस्तै सङ्क्रमितको प्रभावकारी उपचार गर्न थप प्राविधिक जनशक्ति आवश्यकता पर्ने भएमा सामाजिक विकास मन्त्रालयले सो को आङ्कलन गरी व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लेखी पठाउने समितिको निर्णय गरेका छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ का सङ्क्रमितको प्रभावकारी उपचार गर्न आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्राविधिक जनशक्ति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी यथाशीघ्र पदपूर्ति गर्ने व्यवस्था प्रतिष्ठानले मिलाउने निर्णय गरेको छ । कोभिड–१९ रोकथामका लागि भिडभाड हुन नदिने, सभा, समारोह, भेला, गोष्ठी र तालिम लगायत कार्यक्रम गर्न नदिने व्यवस्था मिलाउन जिल्लाका समितिहरुलाई पत्राचार गर्ने पनि प्रदेश समितिको निर्णयमा उल्लेख छ । कोभिड–१९ का बिरामीको उपचारमा सहयोग पुर्याउने गरी सङ्घ सरकार मातहतमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसियु र एडियु लगायत पूर्वाधारका लागि ६२ लाख रुपियाँ दिने निर्णय गरेको छ । समितिले अक्सिजनका ५ हजार थान सिलिन्डर उपलब्ध गराउन सङ्घको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध समेत गरेको छ ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ वैशाख १४ गतेदेखि २०७८ वैशाख २० गतेसम्म ६ सय २ जना महिलासहित १ हजार ८ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २० गते मात्रै सुदूरपश्चिमका अछाम जिल्लामा दुई महिला सहित ६ जना, बैतडीमा आठ महिला सहित २८ जना , बझाङमा एक महिला डडेल्धुरामा पाँच महिला सहित २६ जना, डोटीमा एक महिला सहित दुई जना, कैलालीमा ५२ महिला सहित १ सय २८ जना , बाजुरामा एक महिला, बझाङमा एक महिला, कञ्चनपुरमा २३ महिला सहित ६० जना र दार्चुलामा एक महिला सहित तीन जना गरी २ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो साता १८ जनाको मृत्यु भएसँगै सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ८४ जना पुगेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यस प्रदेशमा २ सय ९९ जना महिला सहित ६ सय ८० जना आइसोलेसनमा बसेका छन । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा चैत १५ गतेसम्म २ लाख २ हजार ८ सय ८ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…