कोभिड–१९: यो साता औसतमा दैनिक ५ जना सङ्क्रमितको मृत्यु
यो साता औसतमा दैनिक ५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस ७ गतेदेखि पुस १३ गतेसम्मको अवधिमा झापामा ४४ जना पुरूष र २२ जना महिला गरी ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३७ जना पुरूष र ३५ जना महिला गरी ७२ जना , खोटाङमा दुई जना महिला, मोरङमा ६५ जना पुरूष र ५१ जना महिला गरी १ सय १६ जना, उदयपुरमा तीन जना पुरूष र तीन जना महिला गरी ६ जना, धनकुटामा दुई जना पुरूष र तीन जना महिला गरी पाँच जना, इलाममा पाँच जना पुरूष र तीन जना महिला गरी आठ जना, पाँचथरमा दुई जना महिला, ओखलढुङ्गामा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, भोजपुरमा तीन जना पुरूष र एक जना महिला, सङ्खुवासभामा चार जना पुरूष र एक जना महिला गरी पाँच जना, ताप्लेजुङमा एक जना पुरूष, सोलुखुम्बुमा एक जना पुरूष र दुई जना महिला गरी तीन जना र तेहृथुममा एक जना पुरूष र चार जना महिला गरी पाँच जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला,विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा २ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा पुस ७ गतेबाट पुस १३ गतेसम्म थप ४ सय ८५ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २ सय ७९ पुरुष र २ सय ६ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या १५ हजार ९ सय १५ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट ७ सय ८ जना निको भएका छन् । यो सगै प्रदेशमा निको हुनेको कूल सङख्या १६ हजार ३ सय ६९ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल १ सय ८४ जनाको मृत्यु भएको छ जसमध्ये यो साता सात जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पुस १३ गतेको तथ्याङक अनुसार प्रदेशमा हाल ६ सय ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ४ सय ६७ जना होम आइसोलेशनमा बसेका छन् भने ६५ जना आइसियू र चार जना भेन्टिलेटरमा रहेका छन् ।
लुम्बिनी प्रदेश
यस साता लुम्बिनी प्रदेशमा ३ सय ४४ जना पुरुष र २ सय ९ जना महिला गरी जम्म ५ सय ५३ जनामा कोभिड सङ्क्रमण पुुष्टि भयो । यस साता उच्च सङ्क्रमण हुने जिल्लामा रुपन्देही २ सय ४ जनामा सङ्क्रमित भए । सबै भन्दा कम रुकुम पुर्वमा एक जनामा मात्र सङ्क्रमण देखियो । यो साता अघिल्लो साता भन्दा सङ्क्रमित सङ्ख्या ९२ ले घटेको छ । महिला भन्दा पुरुषमा बढी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या २ सय २९ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५३ रहेको छ भने २७ हजार ७ सय ४७ जना निको भएका छन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पुस ७ गतेदेखि पुस १३ गतेसम्म ४ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ७ सय ७० पुगेको छ । पुस १३ गते मात्रै सुदूरपश्चिम प्रदेशका १ सय जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये अछाम जिल्लामा एक जना, बैतडीमा तीन जना, बाजुरामा दुई जना, डडेल्धुरामा एक जना, डोटीमा दुई जना, कैलालीमा ६० जना र कञ्चनपुरमा ३१ जना सङ्क्रमित थपिएका छन् । यो साता सुदूरपश्चिम प्रदेशमा चार जना सङ्क्रमितहरुको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५८ जना पुगेको छ । यस प्रदेशमा पुस १३ गतेसम्म ४ सय ६ जनाको होम आइसोलेशनमा, दुइै जनाको आइसियूमा र एक जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । पुस १३ गतेसम्म प्रदेशमा १३ हजार ४ सय ४२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ७० जनामा कोभिड पुष्टि भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…