कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २० गते)

  ०७७ पुस २० गते

पुस २० गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ४ सय १ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५५ हजार ८८ जना निको भएका छन् । पुस २० गते ५ सय ९४ जना निको भएका छन् भने निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २० गतेसम्म १ हजार ८ सय ८५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५ हजार ४ सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ७ सय ४४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये २ सय ९ जनाको उपचार आइसीयूमा र ३४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सुनसरी, सोलुखुम्बु र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

 


अनलाइन डेस्क