कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १८ गते)
पुस १८ गते ४ सय १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५३ हजार ८ सय ५७ जना निको भएका छन् । पुस १८ गते ७ सय ५० जना निको भएका छन् भने निको हुनेको दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १८ गतेसम्म १ हजार ८ सय ७० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५ हजार ७ सय ११ जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार २ सय ३४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये २ सय १८ जनाको उपचार आइसीयूमा र ३६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार पाँचथर, सोलुखुम्बु र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
बागमती प्रदेश
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार जिल्ला अस्पताल रामेछाप र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका एक/एक जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण पोजेटिभ देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । स्वास्थ्य कार्यालय रामेछापमा कार्यरत ३० वर्षीय पुरुष स्वास्थ्यकर्मी र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा कार्यरत २१ वर्षीया महिला स्वास्थ्यकर्मीमा पुस १७ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य संस्था हरूमा आवश्यक निर्मलीकरणको काम सकेपछि सेवा सञ्चालनमा आउने जनस्वास्थ्य अधिकृत भुवन थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पुर्पक्षका लागि थुनामा रहेका बन्दीको मृत्यु
कालिञ्चोक गाउँपालिका–६ निवासी २८ वर्षीय हिमाल थामी वैशाख ३ गते जिल्ला कारागार शाखा चरिकोटको शौचालयको झ्यालमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थामी फागुन ८ गते पत्नीलाई खुकरी प्रहार…
विद्यार्थी सङ्गठनबीच भएको झडपमा दुई जना विद्यार्थी घाइते
भरतपुर महानगरपालिका–१६ स्थित रामपुर कृषि क्याम्पसमा वैशाख ३ गते दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा दुई जना घाइते भएका छन् । क्याम्पसमा नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र…
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले सल्यान जिल्ला बागचौर नपा–२ का २८ वर्षीय किरण खड्का विरूद्ध वैशाख २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दर्ता गरेका छन् ।…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी दिएपनि कारवाही नगरेको पीडित पक्षको आरोप
आदर्शकोटवाल गाउँपालिका–३ बतरा टोलकी २२ वर्षीया सरिताकुमारी मुखियालाई सिम्रोनगढ नपा–१ रामसागरढाट टोलका २६ वर्षीय पति लालु मुखिया र लालुका परिवारका चार जना सदस्य मिलेर कुटपिट गरी ०७७ फागुन २४ गते…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३ गते)
वैशाख ३ गते ८ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…