कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ११ गते)

  ०७७ पुस ११ गते

पुस ११ गते ५ सय जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५७ हजार ७ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ४ सय ३४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४९ हजार १ सय ३२ जना निको भएका छन् । पुस ११ गते ८ सय ४० जना निको भएका छन् भने निको हुनेको दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ११ गतेसम्म १ हजार ८ सय १९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ६ हजार ७ सय ४९ जना सक्रिय सङ्क्रमित रहेकामा ३ हजार ३ सय ४९ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय २८ जनाको उपचार आइसीयूमा र ५० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मुगु र रुकुम पश्चिममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

 


अनलाइन डेस्क