कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ९ गते)
पुस ९ गते ६ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ५ सय १० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४७ हजार ४ सय जना निको भएका छन् । पुस ९ गते ७ सय ३९ जना निको भएका छन् भने निको हुनेको दर ९६.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ९ गतेसम्म १ हजार ८ सय ८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ७ हजार ३ सय ८४ जना सक्रिय सङ्क्रमित रहेकामा ३ हजार ९ सय ३३ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ६१ जनाको उपचार आइसीयूमा र ४९ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित…