कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ६ गते)
पुस ६ गते ७ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ३ सय ५१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४४ हजार ७ सय ४३ जना निको भएका छन् । पुस ६ गते १ हजार ७९ जना निको भएका छन् भने निको हुनेको दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ६ गतेसम्म १ हजार ७ सय ९५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ७ हजार ९ सय ७६ जना सक्रिय सङ्क्रमित रहेकामा ४ हजार ५ सय ८ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ७९ जनाको उपचार आइसीयूमा र ५७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ र ललितपुरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार रङ्गेली नगरपालिका–४ आमतोलाको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्वरो आएपछि विद्यालय बन्द गरिएको छ । ६० जना विद्यार्थीमा ज्वरो देखिएपछि पुस ६ गते स्वाब सङ्कलन सुरू गरिएको छ । पुस ६ गते ११ विद्यार्थीको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको रङ्गेली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो । विद्यालयमा ४ सय विद्यार्थी अध्यनरत छन् । रङ्गेलीमा मङ्सिर १५ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोभिड–१९ महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न भन्दै पुस ५ गतेदेखि पुस ११ गतेसम्मका लागि लकडाउन गरेको बेलौरी नगरपालिकाले जनाएको छ । पुस ४ गते बेलौरी नगर कार्यपालिकाको बैठक बसी बेलौरी नगर क्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, शिक्षण संस्था, व्यापारिक व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख पोतिलाल चौधरीद्वारा जारी सूचना पत्रमा उल्लेख गरिएको छ । औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने सूचनामा जनाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी
मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय राजुकमार श्रेष्ठललाई जिल्ला अदालत चितवनले वैशाख ५ गते १० वर्ष कैद हुने फैसला गरेको छ । सोही घटनामा श्रेष्ठलाई…
राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुनेः मन्त्री महतो
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज कल्याण परिषद्को आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको…
दुर्व्यवहार घटनका आरोपित विरुद्ध उजुरी
ननयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता सिरहा नपा–७ का ३७ वर्षीय सुरेन्द्र कामती र एभिन्यूज टेलिभिजनका सम्वाददाता सिरहा नपा–११ का ३९ वर्षीय शुभनारायण कामतीलाई कथित बोक्सीको आरोपसम्बन्धी घटनाको समाचार सङ्कलन गर्न…