कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ५ गते)
पुस ५ गते ५ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ६ सय २० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४३ हजार ६ सय ६४ जना निको भएका छन् । पुस ५ गते १ हजार ९७ जना निको भएका छन् भने निको हुनेको दर ९६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ५ गतेसम्म १ हजार ७ सय ८८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ८ हजार ३ सय २० जना सक्रिय सङ्क्रमित रहेकामा ४ हजार ८ सय ३७ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय ६५ जनाको उपचार आइसीयूमा र ५१ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ र ललितपुरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेश
बाजुरा प्रतिनिधि पदमबहादुर सिंह कोभिड सङ्क्रमणको जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालयले मार्तडीका सामुदायिक र निजी विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालयले पुस ४ गते बडिमालिका नगरपालिकालाई वडा नम्बर ८ र ९ मार्तडीका सामुदायिक र निजी विद्यालय बन्द गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिनु भयो । प्रजिअ गैह्रेले भन्नु भयो–‘हाललाई १० दिनसम्मको लागि बन्द गर्न पत्राचार गरिएको छ । बाँकी सङ्क्रमणको अवस्था मध्यनजर गरेर निर्णय लिइनेछ ।’ मङ्सिर ३० गते स्वाब सङ्कलन गरी धनगढी पठाएको र पुस २ गते आएको रिपोर्टमा चार जना विद्यार्थीहरूमा कोरोना देखिएपछि कोभिड सङ्क्रमण बढी हुन सक्ने भन्दै सुरक्षाको दृष्टिकोणले बन्द गर्न पत्राचार गरिएको प्रजिअ गैह्रेले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…