कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ३० गते)
मङ्सिर ३० गते ९ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ७ हजार १ सय १७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ३८ हजार ५ सय ६९ जना निको भएका छन् । मङ्सिर ३० गते १ हजार ९ सय ९६ जना निको भएका छन् भने निको हुनेको दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ३० गतेसम्म १ हजार ७ सय ३० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ९ हजार ८ सय ८१ जना सक्रिय सङ्क्रमित रहेकामा ६ हजार १ सय ३ जना होम आइसोलेशनमा छन् । उपचाररत ३ हजार ७ सय ७८ जनामध्ये ३ सय २१ जनाको उपचार आइसीयूमा र ४८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मिना बुढथोकीका अनुसार कपुरकोट गाउँपालिकास्थित एक विद्यालयका आठ जना शिक्षकमा कोभिड सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । सङ्क्रमित शिक्षकमध्ये दुई जनामा लक्षण समेत देखिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाबाट समुदायमा सङ्क्रमण फैलन सक्ने भन्दै मङ्सिर २८ गतेदेखि पुस १० गतेसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयका प्रध्यानाध्यापकका अनुसार मङ्सिर ७ गते देखि विद्यालय सञ्चालनमा आएको थियो । विद्यालयमा ९ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयका शिक्षकहरूमा कोभिड देखिएपछि पठनपाठन अनिश्चित बनेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…