कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २९ गते)
मङ्सिर २९ गते ८ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ४ सय २३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ३६ हजार ५ सय ७३ जना निको भएका छन् । मङ्सिर २९ गते ८ सय ४२ जना निको भएका छन् भने निको हुनेको दर ९४.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २९ गतेसम्म १ हजार ७ सय १६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १० हजार ९ सय ५५ जनाको उपचार भइरहेको छ । ७ हजार ३ सय ४० जना होम आइसोलेशनमा छन् भने २ सय ७३ जनाको उपचार आइसीयूमा र ५४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेश
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार रामारोशन गाउँपालिकामा कार्यरत कर्मचारी र स्थानीयमा कोभिड सङ्क्रमण पुष्टि भएको भन्दै एक साताका लागि सील गरिएको छ । कोभिड सङ्क्रमण थप फैलावटबाट रोक्न मङ्सिर २९ गतेबाट पुस ५ गतेसम्मका लागि सील गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो । खाद्यान्न, स्वास्थ्य र कोभिड–१९ सम्बन्धी सेवा तथा कार्य, विपद् र कार्यालयका अत्यावश्यक बाहेक बजार क्षेत्र, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्थालगायतमा सील गरिएको गाउँपालिकाले जनाएको छ । मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका यसअघि नै सील अवस्था छन् । अछाममा हालसम्म १ हजार ४ सय ७१ जना सङ्क्रमित पुष्टि भएकोमा चार जनाको मृत्यु र ३ सय जना सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…