कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २८ गते)
मङ्सिर २८ गते ८ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार १ सय ८१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ३५ हजार ७ सय ३१ जना निको भएका छन् । मङ्सिर २८ गते १ हजार ५ सय जना निको भएका छन् भने निको हुनेको दर ९४.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २८ गतेसम्म १ हजार ६ सय ९८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १० हजार ९ सय ९४ जनाको उपचार भइरहेको छ । ६ हजार २ सय ३२ जना होम आइसोलेशनमा छन् भने २ सय ९४ जनाको उपचार आइसीयूमा र ५२ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
कर्णाली प्रदेश
रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार चौरजहारी नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि मङ्सिर २७ गतेदेखि पुस ३ गतेसम्म निषेधाज्ञा गरिएको निमित्त प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । चौरजहहारी नगरपालिकाका तीन वडामा विद्यालय सञ्चालन भएपछि सङ्क्रमण बढेकाले निषेधाज्ञा गरिएको उहाँको भनाइ छ । अधिकृत केसीका अनुसार यस अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुरसञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, औषधि पसल, खाद्यान्न, ग्याास पेट्रोलियम पदार्थलगायतका सेवाहरू भने सावधानी अपनाएर सञ्चालन गरिनेछ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी
मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय राजुकमार श्रेष्ठललाई जिल्ला अदालत चितवनले वैशाख ५ गते १० वर्ष कैद हुने फैसला गरेको छ । सोही घटनामा श्रेष्ठलाई…
राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुनेः मन्त्री महतो
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज कल्याण परिषद्को आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको…
दुर्व्यवहार घटनका आरोपित विरुद्ध उजुरी
ननयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता सिरहा नपा–७ का ३७ वर्षीय सुरेन्द्र कामती र एभिन्यूज टेलिभिजनका सम्वाददाता सिरहा नपा–११ का ३९ वर्षीय शुभनारायण कामतीलाई कथित बोक्सीको आरोपसम्बन्धी घटनाको समाचार सङ्कलन गर्न…