कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २६ गते)
मङ्सिर २६ गते १ हजार ४४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ७ हजार ४ सय १४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ३२ हजार ८ सय ७२ जना निको भएका छन् । मङ्सिर २६ गते १ हजार २ सय ७१ जना निको भएका छन् भने निको हुनेको दर ९४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २६ गतेसम्म १ हजार ६ सय ७४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १२ हजार १ सय ४८ जनाको उपचार भइरहेको छ । ७ हजार ३ सय ४१ जना होम आइसोलेशनमा छन् भने ३ सय १० जनाको उपचार आइसीयूमा र ५० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार लेकम गाउँपालिकाका एक जना कर्मचारी तथा वडा नम्बर ४ का एक जना शिक्षकमा कोभिड सङ्क्रमण पुष्टि भएपछि लेकम गाउँपालिकाको कार्यालय मङ्सिर २६ गतेदेखि सात दिनका लागि बन्द गरिएको छ । समुदायस्तरमा कोभिड फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरेर एक साताका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड सङ्क्रमण समुदायमा फैलने क्रम रहेको भन्दै नियन्त्रणका लागि बान्नीगढी जयगढ गाउँपालिका मङ्सिर २६ गतेबाट १० दिनका लागि सील गरिएको छ । गाउँपालिकाका अत्यावश्यक सेवा बाहेक पूर्ण रुपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो । बान्नीगढी जयगढ गाउँपलिकामा हालसम्म १ सय ४८ जनामा कोभिड पुष्टि भएकोमा दुई जनाको मृत्यु भइसकेको छ । सदरमुकाम मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिका यसअघि नै सील अवस्थामा छन् । अछाममा हालसम्म १ हजार ४ सय ७१ जना सङ्ंक्रमण पुष्टि भएकोमा चार जनाको मृत्यु भएको छ भने अहिले ३ सय जना सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…