कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २२ गते)
मङ्सिर २२ गते १ हजार १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४१ हजार ९ सय ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार २ सय २० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख २७ हजार ४ सय ३३ जना निको भएका छन् । मङ्सिर २२ गते १ हजार ६ सय २८ जना निको भएका छन् भने निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २२ गतेसम्म १ हजार ६ सय १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १२ हजार ९ सय ४८ जनाको उपचार भइरहेको छ । ८ हजार ६० जना होम आइसोलेशनमा छन् भने ३ सय ३२ जनाको उपचार आइसीयूमा र ५३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
बागमती प्रदेश
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोरोना सङ्क्रमणको फैलिएसँगै जिल्लाका निजी तथा सरकारी अस्पतालहरूले दिँदै आएको सेवा कटौती गरेकोमा पुनः पुरानै अवस्थामा सेवा दिन थालेका छन् । जिल्लास्थित भरतपुर अस्पताल, दुई ओटा मेडिकल कलेज, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र अरु निजी अस्पतालहरूले कोभिड पूर्वकै अवस्थामा सेवा दिन थालेका हुन् । अस्पतालमा कोभिडका कारण अन्य बिरामी र कोभिडका लक्षण भएकाहरूले पनि उपचार पाउन मुस्किल रहेको थियो । भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले कोभिडका कारण केही सेवा प्रभावित भएकोमा हाल पुरानै अवस्थामा फर्किएको बताउनुभयो । ‘अहिले कोभिड पूर्वको जस्तै सामान्य अवस्थामा सबै सेवाहरू सञ्चालनमा छन् ।’–डाक्टर अधिकारीले भन्नुभयोे–‘भरतपुर अस्पतालको हकमा अब छिटै नयाँ सेवा दिने तयारीमा छौँ ।’ क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डाक्टर देशकुमार गौतमले अस्पतालका सबै सेवा पूर्णरुपमा सञ्चालनमा रहेको जानकारी दिनु भयो । डाक्टर गौतमले भन्नुभयो–‘कोभिड पहिले जस्तो अवस्थामा थियौँ अहिले त्यही अवस्थामा सेवा दिइरहेका छौँ ।’ चितवनमा मङ्सिर २२ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ५ हजार ९ सय ६२ रहेको छ । ९७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ७१ जना निको भइसकेका छन् ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार गोकुलगङ्गा गाउँपालिकाका एक कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि मङ्सिर २१ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिका तथा सबै वडाले प्रवाह गर्ने सेवा मङ्सिर २७ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिकाले २१ गते सूचना जारी गरी जनाएको छ । गाउँपालिकाले समुदायमा कोभिड फैलन सक्ने जोखिमलाई ध्यानमा राखी सेवा बन्द गरेको जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित…