कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १९ गते)
मङ्सिर १९ गते १ हजार २ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मङ्सिर १९ गते सङ्क्रमितमध्ये ३४ दशमलब ५ प्रतिशत महिला रहेका छन् । गत २४ घण्टामा ८ हजार ३१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख २१ हजार ८ सय ४७ जना निको भएका छन् । मङ्सिर १९ गते १ हजार ५ सय ७५ जना निको भएका छन् भने निको हुनेको दर ९२.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १९ गतेसम्म १ हजार ५ सय ६७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १५ हजार ४ सय ४७ जनाको उपचार भइरहेको छ । १० हजार ३ सय ९४ जना होम आइसोलेशनमा छन् भने ३ सय २८ जनाको उपचार आइसीयूमा र ५४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
प्रदेश १
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार इलाम नगरपालिकामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मङ्सिर २४ गतेसम्म अत्यावश्यक सेवा मात्र प्रवाह गरिने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको मङ्सिर १९ गतेको बैठकले नगर क्षेत्रमा पर्ने हाटबजार, स्थानीय रूटमा चल्ने सवारी साधन विद्यालयलगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंको अध्यक्षतामा बसेको बैठकले सरकारी कार्यालय, बैङ्क तथा वित्तीय सेवामा भने आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको छ । इलाम नगरपालिकामा मङ्सिर १९ गतेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ सय १७ छ । कोभिड–१९ सङ्क्रमणका कारण इलाममा हालसम्म १२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन बिमल बरालले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरी बडुका अनुसार समुदायस्तरमै कोभिड सङ्क्रमण फैलिन थालेपछि बैतडीका दुई स्थानीय तहमा लकडाउन गरिएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा लकडाउन घोषणा गरिएका सम्बन्धित स्थानीय तहले जनाएका छन् । दशरथचन्द नगरपालिकामा मङ्सिर १२ गतेदेखि मङ्सिर २२ गतेसम्म र डिलाशैनी गाउँपालिकामा मङ्सिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको हो । कोभिड सङ्क्रमित दिनप्रतिदिन बढिरहेको भन्दै आवतजावत तथा भिडभाडले सङ्क्रमण फैलने भन्दै लकडाउन गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘सङ्क्रमण फैलन नदिन लकडाउन गरेका हौँ ।’ लकडाउनको अवधिभरी दुवै स्थानीय तहका कार्यालय तथा वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…