कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १६ गते)
मङ्सिर १६ गते १ हजार ३ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार ५ सय ३८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख १६ हजार ५ सय ९४ जना निको भएका छन् । मङ्सिर १६ गते २ हजार ७३ जना निको भएका छन् भने निको हुनेको दर ९२.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १६ गतेसम्म १ हजार ५ सय २९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १६ हजार ६ सय ३३ जनाको उपचार भइरहेको छ । १० हजार ९ सय ९८ जना होम आइसोलेशनमा छन् भने ३ सय ७० जनाको उपचार आइसीयूमा र ६३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
प्रदेश १
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार आठ जना कर्मचारीमा एकैपटक कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि सूर्याेदय नगरपालिकाको प्राविधिक र कृषि सेवा शाखा मङ्सिर १५ गतेदेखि बन्द गरिएको छ । नगरपालिकाले अर्काे सूचना नभएसम्मका लागि प्राविधिक र कृषि शाखाको सेवा पूर्ण रूपमा बन्द गरेको जनाएको हो । नगरपालिकामा मङ्सिर १४ गते एकैदिन १२ जनामा कोभिड–१९ पुष्टि हुँदा कर्मचारीमा पनि सङ्क्रमण देखिएको थियो । कर्मचारीमा कोभिड–१९ पुष्टि भएपछि जोखिम बढेकाले सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले बताउनु भयो ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङको जैमिनी नगरपालिकाका तीन जना कर्मचारीमा मङ्सिर १६ गते कोभिड पुष्टि भएपछि मङ्सिर १७ गतेबाट लागु हुने गरी तीन दिनको लागि अति आवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । यसअघि मङ्सिर १४ गते नगरपालिकाका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि मङ्सिर १७ गतेसम्मको लागि सेवा बन्द गरिएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीको कोभिड–१९ परीक्षण गर्दा थप तीन जनामा सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गर्दै सङ्क्रमितको सम्पर्कमा आएका लक्षण सहितका व्यक्तिहरूलाई मङ्सिर १७ गते बिहान ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिसेरामा स्वाब दिनको लागि आउन आह्वानसमेत गरिएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण भएपछि शुक्लगण्डकी नगरपालिका–११ राइपुरस्थित ढोर फूलबारी सहिद अस्पतालको सेवा अर्को सूचना नभएसम्मका लागि मङ्सिर १५ गतेबाट बन्द गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई मङ्सिर १५ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको कोभिड परीक्षणका लागि अस्पतालको सेवा बन्द गरिएको अस्पतालका प्रमुख डाक्टर प्रतिक्षा आलेले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेण्टाइनमा राखी स्वाब परीक्षण गरिनेछ । समुदायबाट सञ्चालित उक्त अस्पताल गत वर्षको वैशाख १ गतेदेखि शुक्लागण्डकी नगरपालिका मातहत सञ्चालनमा आएको थियो । उक्त अस्पतालबाट शुक्लागण्डकी नगरपालिकाका केही वडासहित र स्याङजाको विरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…