कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १५ गते)
मङ्सिर १५ गते १ हजार ४ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार ९ सय ११ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख १४ हजार ५ सय २१ जना निको भएका छन् । मङ्सिर १५ गते १ हजार ९ सय ३१ जना निको भएका छन् भने निको हुनेको दर ९१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १५ गतेसम्म १ हजार ५ सय ८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १७ हजार ४ सय २३ जनाको उपचार भइरहेको छ । ११ हजार ८ सय १४ जना होम आइसोलेशनमा छन् भने ३ सय ७५ जनाको उपचार आइसीयूमा र ५८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्र सिंह कार्कीका अनुसार अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत दुई जना विदेशी नागरिकमा कोभिड सङ्क्रमण पुष्टि भएपछि वडामा निषेधज्ञा जारी गरिएको छ । मकरीगाड हाइड्रोपावरमा कार्यरत दुई जना श्रीलङ्कन नागरिकमा कोभिड पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । हाइड्रोपावरमा कार्यरत कर्मचारीमा कोभिड देखिएपछि अपिहिमाल गाउँपलिकाले वडाभर निषेधज्ञा जारी गरिदिन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले मङ्सिर १४ गते बेलुकीबाट निषेधाज्ञा जारी गरेको हो । समुदायस्तरमा कोभिड फैलिन नदिन हाइड्रोपावरमा कार्यरत मजदुर र त्यस आसपासका व्यवसायीको स्वाब सङ्कलन गरेर रिपोर्ट नआउञ्जेलसम्मको लागि निषेधज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…