कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १३ गते)
मङ्सिर १३ गते १ हजार ३ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार ३ सय ६८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ११ हजार १ सय ८६ जना निको भएका छन् । मङ्सिर १३ गते ५ सय १५ जना निको भएका छन् भने निको हुनेको दर ९१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १३ गतेसम्म १ हजार ४ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १८ हजार ८३ जनाको उपचार भइरहेको छ । १२ हजार ५ सय ४६ जना होम आइसोलेशनमा छन् भने ३ सय २५ जनाको उपचार आइसीयूमा र ५० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङको जैमिनी नगरपालिकाका एक जना कर्मचारीमा मङ्सिर १३ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मङ्सिर १४ गतेबाट लागु हुने गरी चार दिनका लागि नगरपालिकाबाट प्रवाह हुने सम्पूर्णका सेवा बन्द गर्ने निर्णय गरिएको छ । कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब सङ्कलन र परीक्षण गर्नुपर्ने भएकाले सो निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरी बडुका अनुसार दशरथचन्द नगरपालिकाभित्र मङ्सिर १३ गतेदेखि १० दिनका लागि लकडाउन गरिएको छ । नगर कार्यपालिकाको मङ्सिर १२ गते बसेको बैठकको निर्णय मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताउनुभयो । नगरपालिका क्षेत्रमा १८ जना सक्रिय सङ्क्रमित रहेका र नगर क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…