कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ११ गते)
मङ्सिर ११ गते १ हजार ६ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार ४ सय ९१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ९ हजार ४ सय ३५ जना निको भएका छन् । मङ्सिर ११ गते १ हजार ४ सय ३७ जना निको भएका छन् भने निको हुनेको दर ९२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ११ गतेसम्म १ हजार ४ सय १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १६ हजार ७ सय ९३ जनाको उपचार भइरहेको छ । १० हजार ५ सय ७५ जना होम आइसोलेशनमा छन् भने ३ सय ३३ जनाको उपचार आइसीयूमा र ५६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ, मुगु र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
लुम्बिनी प्रदेश
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लामा लामो समयदेखि कोभिड–१९ का कारण बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पुरा गरि सञ्चालन गर्न जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले मङ्सिर ४ गते निर्णय गरे लगतै मल्लरानी गाँउपालिकाले मङ्सिर ७ गते विद्यालय खोल्ने निर्णय गरी विद्यालय सञ्चालनमा आएको चार दिनमा पुनः बन्द भएका छन् । मल्लरानी गाँउपालिका–५ मा समुदाय स्तरमा कोभिड सङ्क्रमित व्यक्ति भेटिए लगत्तै मल्लरानी गाँउपालिका–५ का सरकारी तथा निजी विद्यालय मङ्सिर १० गतेदेखि १६ गतेसम्म सात दिनका लागि बन्द गर्ने निणर्य गरेको गाउँपालिका प्रशासकीय अधिकृत बालकृण थापाले बताउनु भयो । गाँउपालिकास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एक साताका लागि विद्यालय बन्द गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण गर्ने निर्णय भएको थापाले बताउनु भयो । हाल जिल्लामा नौ ओटा स्थानीय तहमध्ये स्वर्गद्वारी नपा, मल्लरानी गाँउपालिका र ऐरावती गाँउपालिकाका विद्यालय सञ्चालन आएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…