कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ७ गते)
मङ्सिर ७ गते १ हजार ६ सय ६९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार ३२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ९९ हजार २४ जना निको भएका छन् । मङ्सिर ७ गते ५ हजार ६ सय ९९ जना निको भएका छन् भने निको हुनेको दर ९०.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ७ गतेसम्म १ हजार ३ सय २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २० हजार १ सय ६६ जनाको उपचार भइरहेको छ । १३ हजार ६ सय १२ जना होम आइसोलेशनमा छन् भने ३ सय ५९ जनाको उपचार आइसीयूमा र ६६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
गण्डकी प्रदेश
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिकाका जनप्रतिनिधिसहित केही कर्मचारीमा कोभिड–१९ सङक्रमण देखिएपछि मङ्सिर ७ गतेदेखि एक साताका लागि महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत महेश बरालका अनुसार मङ्सिर ४ गतेको महानगरपालिका कार्यपालिका वोर्डले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार जिल्ला प्रशासन कार्यालय सल्यानले प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारसहित आसपासको क्षेत्रमा गरिएको सील गरिएको अवधि बढाएको छ । गत कात्तिक २३ गतेदेखि २९ गतेसम्म पहिलो पटक र कात्तिक २९ गतेदेखि मङ्सिर ६ गतेसम्म दोस्रो पटक गरी १४ दिन सील गरेको प्रशासनले तेस्रो पटक मङ्सिर ७ गतेदेखि १० गतेसम्म समयावधि थपेको हो । कोभिड–१९ को जोखिम सम्भाव्यता र संवेदनशिलताको मुल्याङ्कन गरी मङ्सिर ७ गतेदेखि १० गतेसम्म सील अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सूचनामा वडा नम्बर १ को चैवाङ ज्यूला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिमचौर र पटनेरी, वडा नम्बर २ को जोगिदेउखोला र वडा नम्बर ६ को बरला आसपासका क्षेत्र सील गरिएको उल्लेख गरिएको छ ।
बागचौर नगरपालिका–१२ दोभान बजार अनिश्चितकालको लागि सील गरिएको छ । कोरोनाको लक्षणसहित स्थानीयमा सङ्क्रमण देखिएकाले वडा कार्यालयको निर्देशन र बजार व्यवस्थापन समितिको निर्णय बमोजिम आज मङ्सिर ६ गतेदेखि अनिश्चितकालको लागि सील गरिएको हो । पुर्वमा रोल्पाको सिमाना दर्का, पश्चिममा खौला, उत्तरमा रुकुम सुकिदह सिमाना र दक्षिणमा वडा नम्बर ११ को रातामाटा क्षेत्र भित्र सील गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर वलीले जानकारी दिनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार पीडितलाई इन्सेकको सहयाेग
४० वर्षीया बलात्कार पीडित महिलालाई चैत ११ गते इन्सेक लुम्बिनी प्रदेश कायालय नेपालगञ्जले कानुनी प्रक्रियाका जानका लागि ८ हजार रूपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले मुगु जिल्ला, खत्याड गाउँपालिका…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित १७ वर्षीया बालिकाको परिवारलाई न्यायिक प्रक्रियामा अगाडि बढ्न इन्सेकले चैत १२ गते आर्थिक सहयोग प्रदान गरेको छ । बालिकाको आमाले आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेकोले न्याय प्रक्रियामा…
बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला
१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते १९ वर्ष कैद र ७ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार र कानुनी सेवाका लागि इन्सेकले चैत १२ गते आर्थिक सहयोग गरेको छ । मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८…
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…