कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ६ गते)
मङ्सिर ६ गते १ हजार ६ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार १ सय ४४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ९३ हजार ३ सय २५ जना निको भएका छन् । मङ्सिर ६ गते २ हजार ३ सय २३ जना निको भएका छन् भने निको हुनेको दर ८८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ६ गतेसम्म १ हजार ३ सय ५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २४ हजार ९ जनाको उपचार भइरहेको छ । १७ हजार २ सय ६ जना होम आइसोलेशनमा छन् भने ३ सय ३६ जनाको उपचार आइसीयूमा र ४७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा नगरपालिकाका भित्रका विद्यालयहरू मङ्सिर १५ गतेसम्म बन्द गरिएको छ । मङ्सिर ६ गते गोरखा नगरपालिकाले सूचना निकालेर नगर क्षेत्रमा कोभिड सङ्क्रमणको जोखिम कायम रहेकाले शैक्षिक संस्था बन्द हुने जनाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तका अनुसार हाल नगर क्षेत्रमा शिक्षक, कर्मचारी र नगरवासी समेत ६५ जना सक्रिय सङ्क्रमित छन् ।
स्याङ्जा प्रतिनिधि तिलकुमारी थापाका अनुसार वालिङ नगरपालिकामा समुदाय स्तरमा कोभिड सङ्क्रमण बढेपछि एक साताका लागि जनस्वास्थ्य विपदको अवस्था घोषणा गरिएको छ । मङ्सिर ४ गते वालिङ नगरकार्यपालिकाले एक विज्ञप्ति जारी गरी मङ्सिर ५ गते राति १२ बजेदेखि मङ्सिर १२ गते जनस्वास्थ्य विपद अवस्था घोषणा गरी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । नगरपालिकामा रहेका १४ ओटै वडामा जनस्वास्थ्य विपदको अवस्था रहेकाले तोकिएका बाहेकका काम नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…