कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २० गते)
असोज २० गते १ हजार ५ सय ५१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९० हजार ८ सय १४ पुगेको छ । गत २४ घण्टामा ११ हजार ४७ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २० गतेसम्म ५ सय ६३ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ६७ हजार ५ सय ४२ जना निको भएका छन् । असोज २० गते २ हजार ३ सय ४० जना निको भएका छन् भने निको दर ७४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २२ हजार ७ सय ९ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १३ हजार ५ सय ९१ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ४३ जनाको उपचार आइसीयूमा र ४० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार असोज २० गते रुपनी गाउँपालिका–४ का ३३ वर्षीय जनप्रतिनिधि, तिलाठी कोइलाडी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत तिलाठी कोइलाडी गाउँपालिका–२ का ४२ वर्षीय स्वास्थ्यकर्मी, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा कार्यरत ३३ र ३६ वर्षीय ल्याब टेक्निसियनहरु, राजविराज नपा–८ का एकै परिवारका १२, २९, ३८, ६४ वर्षीय पुरुष र २०, ३२, ६२ वर्षीय महिला गरी १९ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म सप्तरीमा १ हजार ३४४ जना संक्रमित भएकोमा १ हजार ६९ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो ।
गण्डकी प्रदेश
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत कोभिड–१९ सङ्क्रमित ७७ वर्षीया महिलाको असोज २० गते मृत्यु भएको छ । कावासोती नगरपालिका–५ की महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताउनुभयो । निमोनिया र स्वासप्रश्वासमा समस्या भइ असोज १६ गते अस्पताल भर्ना भएकी उनलाई असोज १८ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार समुदायमा कोभिड–१९ को सङ्क्रमण फैलिएको हुँदा भिमाद नगरपालिकाले अनिश्चितकालिन बन्द गरेको छ । नगरपालिकाले असोज २० गते सूचना प्रकाशन गरी अर्काे सूचना जारी नहुँदासम्म नगरपालिका र सम्पुर्ण वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरेको जनाएको छ । कोभिड–१९ सँग सम्बन्धित र स्वास्थ्यसम्बन्धी काम बाहेक सम्पुर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनु भयो । स्वास्थ्य र सुरक्षा निकायका बाहेक अन्य कुनै पनि यातयातका साधन सञ्चालन हुन नदिने र बजार पुर्णरूपमा बन्द गरिने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनु भयो ।
लुम्बिनी प्रदेश
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि नारायण पराजुलीका अनुसार रामग्राम नपा–३ का ५३ वर्षीय काभिड सङ्क्रमित पुरुषको मृत्यु भएपछि अन्तिम संस्कारका लागि आफ्नो परम्परा अनुसार काजक्रिया गर्न ब्राम्हण नपाउँदा संस्कार रोकिएको मृतकका २६ वर्षीय छोराले इन्सेक प्रतिनिधिलाई बताए । बाबुको मृत्यु भएको, आपूm र आमासमेत सङ्क्रमित भई उपचारमा रहेको अवस्थामा परम्परा संस्कार रोकिएको उनले बताए । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ९२ पुगेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लामा ६ जना सङ्क्रमतिको मृत्यु भएको छ ।
अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार जिल्ला अस्पतालका एक जना डाक्टरसहित कर्मचारीहरूमा कोभिड सङ्क्रमण पुष्टि भएपछि जिल्ला असपताललाई असोज २० गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । कर्मचारीहरूमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल सञ्चालन गर्दा थप जोखिम हुने भएकाले बन्द गर्ने निर्णय गरेको डाक्टर कपिल ज्ञावलीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । अस्पतालमा आकस्मिक र प्रसूति सेवा भने निरन्तर सञ्चालन हुने जिल्ला अस्पतालले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गरी हत्या
छविसपाथिभेरा गाउँपालिकाको–३ स्थित बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा सोही गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहमाथि खुंडा प्रहार गरी माघ १३ गते साँझ हत्या गरिएको छ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–६ का १९ वर्षीय नवराज जैसीलाई माघ १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार गरेको…
कोभिड–१९ः यो साता ३१ हजार स्वाब परीक्षण गर्दा २ हजारलाई सङ्क्रमण
यो साता ३१ हजार ३ सय ५५ ओटा स्वाब परीक्षण गर्दा २ हजार १ सय ४५ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या भने २ हजार ७ सय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १३ गते)
माघ १३ गते ३ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…