कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ५ गते)
मङ्सिर ५ गते १ हजार ९ सय ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार ३ सय ४० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ९१ हजार २ जना निको भएका छन् । मङ्सिर ५ गते थपिएका सङ्क्रमितभन्दा झण्डै तीन गुणा बढी ५ हजार ३ सय ६४ जना निको भएका छन् भने निको हुनेको दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ५ गतेसम्म १ हजार २ सय ९८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २४ हजार ६ सय ६५ जनाको उपचार भइरहेको छ । १९ हजार १४ जना होम आइसोलेशनमा छन् भने ४ सय ३ जनाको उपचार आइसीयूमा र ६३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत एक जना कोभिड सङ्क्रमित कर्मचारीको मृत्यु भएपछि नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र अनिश्चितकालीन बन्द गरिएको छ । विद्युत प्राधिकरणमा कार्यरत ३० वर्षीय कर्मचारी पदम बडालको मृत्यु भएपछि मङ्सिर ३ गतेबाट विद्युत प्राधिकरणको कामकाज बन्द गरिएको हो । नेपाल विद्युत प्राधिकरण दार्चुलाको मंसिर ३ गतेबाट सम्पूर्ण कामकाज बन्द गरिएको विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । कात्तिक ३० गते स्वाश्वप्रश्वासमा समस्या देखिएपछि धनगढी उपचारको लागि लैजाने क्रममा विद्युतमा कार्यरत कर्मचारीको बैतडीको सतबाँझमा मृत्यु भएको थियो । बैतडी अस्पतालको प्रयोशलामा गरिएको परीक्षणमा कोभिड पोजेटिभ देखिएपछि त्यसयता विद्युत कार्यालय सील गरिएको दार्चुला विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका सूचना अधिकारी केशवदत्त भट्टले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…