कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ३ गते)
मङ्सिर ३ गते ६ हजार ७ सय ३१ ओटा नमूना परीक्षण गर्दा १ हजार ४ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १२ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ८२ हजार ७ सय ८० जना निको भएका छन् । मङ्सिर ३ गते ३ हजार ५ सय ३८ जना निको भएका छन् भने निको हुनेको दर ८५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ३ गतेसम्म १ हजार २ सय ५९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २८ हजार ८ सय ७८ जनाको उपचार भइरहेको छ । २६ हजार ४ सय २१ जना होम आइसोलेशनमा छन् भने ३ सय २६ जनाको उपचार आइसीयूमा र ५४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार कोभिड–१९ को सङ्क्रमणबाट षडानन्द नगरपालिका–८ तुङगेछाकी २४ वर्षीया युवतीको मङ्सिर २ गते मृत्यु भएपछि सो वडा एक साताका लागि सील गरिएको छ । कात्तिक १९ गते वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड परीक्षण गराउँदा युवतीको रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बस्दै आएकी युवतीको मृत्यु भएकाले वडा एक साताका लागि सील गरिएको षडानन्द नगरपालिकाका मेयर वीरवल राईले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको…
स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप
अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)
वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले…