कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ३० गते)
कात्तिक ३० गते १ हजार ४ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ४ सय ७६ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन् । कात्तिक ३० गते २ हजार ७ सय ९८ जना निको भएका छन् भने निको हुनेको दर ८२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक ३० गतेसम्म १ हजार २ सय २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३५ हजार १ सय २५ जनाको उपचार भइरहेको छ । २६ हजार ४ सय ४९ जना होम आइसोलेशनमा छन् भने ३ सय ५४ जनाको उपचार आइसीयूमा र ६४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार नेपाल सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएको स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाउनका लागि सबै स्थानीय तहमा बजेट सहित निर्देशन गरेको थियो । तत्काल तीन महिनाका लागि बजेट व्यवस्थापनसहित बाजुराका सात स्थानीय तहमा सङ्घीय सरकारले १० लाख रुपियाँका दरले पठाएको थियो । बाजुराका नौ स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गर्नका लागि बजेट पठाएको भए पनि सात ओटै स्थानीय तहले एक जना चिकित्सक नपाएको जनाएका छन् । सरकारले कोभिड अस्पतालका लागि एक जना मेडिकल अधिकृत, दुई जना स्टाफ नर्स, एक जना ल्याब टेक्निसियम र एक जना कार्यलय सहयोगी राख्नका लागि बजेट सहितको व्यवस्थापन गरेको थियो । सात ओटै स्थानीय तहले एक महिनाको विज्ञापन गरेको भए पनि एक जना चिकित्सकले पनि दरखास्त नदिएको स्थानीय तहले जनाएका छन् ।
बुढिगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले एक महिनाको सूचना निकाल्दा पनि कोही सम्पर्कमा नआएको बताउनु भयो । ‘सरकारले नेपाल सरकारको तलब स्केलमा बजेट पठाएको छ, तर मेडिकल अधिकृतले न्युनतम १ लाख रुपियाँभन्दा बढी माग्ने गरेका छन् ।’–उहाँले भननु भयो ।
बडिमालिका नगरपालिकामा जिल्ला अस्पताल रहेको छ भने बुढिनन्दा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । यी दुबै ठाँउमा मेडिकल अधिकृत रहेका छन् । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले भने पत्रिकामार्फत विज्ञापन गर्दा पनि मेडिकल अधिकृत नपाएको बताउनु भयो । ‘गाँउपालिकाले थप बजेटको व्यवस्था गर्ने भनेपनि चिकित्सक पाएनौँ ।’–उहाँले भननु भयो ।
स्वामिकार्तिक गाउँपालिकाले दोस्रो पटक सूचना निकालेको भएपनि एक जनाको पनि दरखास्त नपरेको गाँउपालिकाले जनाएको छ । सङ्घीय सरकारले पहिलो पटक ३ महिनाको लागि १० लाख रुपियाँ पठाएको छ । ४ लाख ५० हजार तलब खर्च र ५ लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाएको हिमाली गाँउपालिकाका निमित्त प्रशासकीय अधिकृत जनकबहादुर शाहीले बताउनु भयो ।
बाजुरामा कोभिडको चेकजाँच नभएपनि स्वाब सङ्कलन गरेर जिल्ला बाहिर पठाउने गरिएको छ । जिल्लामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ५ सय ९२ पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी
मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय राजुकमार श्रेष्ठललाई जिल्ला अदालत चितवनले वैशाख ५ गते १० वर्ष कैद हुने फैसला गरेको छ । सोही घटनामा श्रेष्ठलाई…
राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुनेः मन्त्री महतो
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज कल्याण परिषद्को आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको…
दुर्व्यवहार घटनका आरोपित विरुद्ध उजुरी
ननयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता सिरहा नपा–७ का ३७ वर्षीय सुरेन्द्र कामती र एभिन्यूज टेलिभिजनका सम्वाददाता सिरहा नपा–११ का ३९ वर्षीय शुभनारायण कामतीलाई कथित बोक्सीको आरोपसम्बन्धी घटनाको समाचार सङ्कलन गर्न…