कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २९ गते)
कात्तिक २९ गते १ हजार ९ सय ४६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८ हजार २ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये महिला ३४ प्रतिशत रहेका मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार ७ सय ५३ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन् । कात्तिक २९ गते २ हजार ५ सय ३ जना निको भएका छन् भने निको हुनेको दर ८१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २९ गतेसम्म १ हजार २ सय १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३६ हजार ४ सय ५२ जनाको उपचार भइरहेको छ । ७ हजार ७ सय २० जना होम आइसोलेशनमा छन् भने ३ सय ७६ जनाको उपचार आइसीयूमा र ७४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कात्तिक २८ गते कर्मचारीमा सङ्क्रमण बढेको भन्दै व्यास नगरपालिकाले आगामी मङ्सिर ५ गतेसम्म नगरपालिका बन्द गर्नेे निर्णय गरेको छ । नगरपालिकामा मङ्सिर २ गतेसम्म तिहार बिदा हुने भएपनि नगरपालिकाले कोभिड सङ्क्रमण कम गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीको स्वाब परीक्षणका लागि मङ्सिर ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो । नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय र अन्य कार्यालयहरु तथा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने सिग्देलले बताउनुभयो । नगरपालिकाले सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेका कर्मचारी तथा अन्य सर्वसाधरणलाई स्वाब परीक्षण गर्न अनुरोध समेत गरेको छ ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार एक साताको लागि सील गरिएको छ । बजार आसपासको नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि जोखिम उच्च भएकाले एक साताका लागि श्रीनगर बजार पूर्ण रुपमा सील गरिएको हो । कात्तिक २९ गतेदेखि मङ्सिर ६ गतेसम्मका लागि स्वास्थ्य सेवा, पेट्रोल पम्प, बैङ्क बाहेकका सबै खाले क्षेत्र तथा सेवाहरू सील गरिएको शारदा नगरपालिका–१ का अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो । शारदा नगरपालिकाको कार्यालयको सिफारिस अनुसार जिल्ला सुरक्षा समिति सल्यानले सील गर्ने निर्णय गरेको हो । शारदा नगरपालिका–१ को चैवाङ जिउला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिम्चौर, पट्नेरी, वडा नम्बर २ को जोगिदेउखोला, वडा नम्बर ६ को बरलासम्मको क्षेत्र सील गरिएको बुढाथोकीले बताउनु भयो । श्रीनर आसपासको क्षेत्रका ४६ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…