कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २५ गते)
कात्तिक २५ गते २ हजार ७ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२ हजार ९ सय ६० जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ६० हजार ५ सय ७७ जना निको भएका छन् । कात्तिक २५ गते ८ सय ५३ जना निको भएका छन् भने निको हुनेको दर ८० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २५ गतेसम्म १ हजार १ सय ४८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३८ हजार ३५ जनाको उपचार भइरहेको छ । २९ हजार ७ सय ३४ जना होम आइसोलेशनमा छन् भने ४ सय ४ जनाको उपचार आइसीयूमा र ९६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
गण्डकी प्रदेश
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कोभिड–१९ सङ्क्रमण बढेको भन्दै कास्कीको मादी गाउँपालिकाले कात्तिक २६ गतेदेखि मङ्सिर २ गतेसम्म गाउँपालिका मातहतका सबै कार्यालयमा अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । कात्तिक २५ गते बसेको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले अत्यावश्यक बाहेका सबै यातायात सेवा समेत रोक लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले सङ्क्रमण दर उच्च रहेको क्षेत्रमा एक घर एक पीसीआर गर्ने निर्णय समेत गरेको छ । ‘गाउँपालिकाको वडा नं ९ नयाँबजार, वडा नं १० थुम्किोट, वडा नं ११ भगवती बजार र वडा नं १२ घुम्लेबजार र भगवतीटार सील गर्ने निर्णय गरेका छौँ ।’–अध्यक्ष गुरुङले भन्नुभयो । गाउँपालिकाको वडा नं ३ र १० मा एकएक जना कोभिड सङ्क्रमितको मृत्यु भइसकेको छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार वालिङ नगरपालिका–१ कार्यालयको कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि वडा कार्यालयकोे शहरी स्वास्थ्य केन्द्रले कात्तिक २४ गतेबाट सेवा प्रवाह बन्द गरेको छ । सो वडाको शहरी स्वास्थ्य केन्द्रका एक स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि थप सङ्क्रमित नहुन अर्को सुचना जारी नभएसम्मका लागि वडाबाट सञ्चालित दुई ओटा सेवा केन्द्र बन्द गरिएको वालिङ नगरपालिका वडा न. १ का अध्यक्ष तथा नगर प्रवक्ता केदर काफ्लेले जानकारी दिनुभयो । उहाँले वडावासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर हिँड्डुल नगर्न तथा समुहमा जम्मा भएर भीडभाड नगर्न समेत आग्रह गरिएकोे बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…