कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २२ गते)
कात्तिक २२ गते २ हजार ७ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार ४ सय २३ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ५५ हजार १ सय १४ जना निको भएका छन् । कात्तिक २२ गते २ हजार २ सय ६ जना निको भएका छन् भने निको हुनेको दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २२ गतेसम्म १ हजार ८७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३५ हजार ४ सय ३५ जनाको उपचार भइरहेको छ । २८ हजार ९ सय २० जना होम आइसोलेशनमा छन् भने ३ सय ६५ जनाको उपचार आइसीयूमा र ७६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश २
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालयले कात्तिक २१ गते साँझ एक सूचना जारी गरी २४ दिनको लागि निषेधाज्ञा जारी गरेको जनाएको छ । कात्तिक २१ गते मध्यराति १२ बजेदेखि आगामी मङ्सिर १७ गते मध्यराति सम्मको लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । कोभिड १९ को सङ्क्रमण समुदाय स्तरसम्म फैलिरहेकोले चाडपर्वहरूमा भिडभाड गर्दा सङक्रमणले अझै भयावहता लिने भन्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनु भयो
गण्डकी प्रदेश
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १, १७ र २५ ले जनप्रतिनिधि र वडा कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि सेवा प्रवाह बन्द गरिएको छ । वडा नं २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाले कात्तिक २१ गतेदेखि अर्को सूचना जारी नभएसम्म सेवा प्रवाह बन्द गरिएको जानकारी दिनुभयो । वडा कार्यलयबाट सेवा प्रवाह रोकिँदा सेवाग्राही दैनिक सेवा लिनबाट वञ्चित भएका छन् । वडा नं १ र १७ को कार्यलयले कात्तिक २० गते सार्वजनिक सूचना जारी गरेरै सेवा प्रवाह बन्द गरिएको जानकारी गराएका हुन् । वडा नम्बर १७ का अध्यक्ष तिर्थ अधिकारीले वडावासीलाई अत्यावश्यक कामका लागि बाहेक हिँड्डुल नगर्न तथा समूहमा जम्मा भएर भीडभाड नगर्न समेत आग्रह गरिएको बताउनुभयो ।
कर्णाली प्रदेश
डोल्पा प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार सीमा नाकाबाट आन्तरिक पर्यटक जिल्ला भित्रिन थालेपछि कोभिड–१९ को परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण रिपोर्टबिना नाकामा पुगेका दर्जनौँ पर्यटकहरूलाई फर्काइएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय खदाङ्ग नाकाबाट मात्रै ६० जना आन्तरिक पर्यटकहरूलाई फर्काइएको छ । ‘कोभिड परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ । जिल्लाका नागरिकलाई कोभिड परीक्षण रिपोर्टसहित होम क्वारण्टिइनमा बस्ने शर्तमा मात्रै प्रवेश गर्न दिएका छौँ ।’–प्रजिअ सुनारले भन्नुभयो । सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेण्टिनमा राख्ने व्यवस्था मिलाईएको प्रजिअ सुनारको भनाइ छ । सेफोक्सुण्डो ताल, फोक्सुण्डो झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पा लगायतका ठाउँको अवलोकनका लागि काठमाडौँ, पोखरा, झापा लगायतका ठाउँबाट पर्यटक आउने गरेका पनि प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…