कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २१ गते)
कात्तिक २१ गते २ हजार ९ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार १ सय ५३ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ५२ हजार ९ सय ८ जना निको भएका छन् । कात्तिक २१ गते ४ हजार ५ सय जना निको भएका छन् भने निको हुनेको दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २१ गतेसम्म १ हजार ७० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३४ हजार ९ सय ५ जनाको उपचार भइरहेको छ । २८ हजार ९ सय ९३ जना होम आइसोलेशनमा छन् भने ३ सय ८० जनाको उपचार आइसीयूमा र ८३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
गण्डकी प्रदेश
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि रुपा गाउँपालिकाको सम्पूर्ण सेवा कात्तिक २१ गतेदेखि बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिकाका एक कर्मचारीमा कोभिड पुष्टि भएकाले कात्तिक २१ गतेदेखि कात्तिक २३ गतेसम्म कार्यालय बन्द गरिएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकावासीलाई सुरक्षित राख्ने हेतुले कार्यालय बन्द गरिएको बताउनुभयो । ‘सङ्क्रमण थप नफैलियोस् भनेर कार्यालय बन्द गर्नुको विकल्प रहेन ।’–उहाँले भन्नुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार बेनी नगरपालिका थप एक हप्ता सील गर्ने निर्णय गरिएको छ । गत कात्तिक १४ देखि कात्तिक २१ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ताका लागि सील गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको कात्तिक २१ गते बसेको बैठकले बेनी नगरपालिका कात्तिक २१ गतेदेखि कात्तिक २८ गते राति १२ बजेसम्म सील गर्ने निर्णय गरेको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…