कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १९ गते)
कात्तिक १९ गते ३ हजार ३ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १३ हजार १ सय ४४ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ४४ हजार ९ सय ७८ जना निको भएका छन् । कात्तिक १९ गते ३ हजार ८ सय ४४ जना निको भएका छन् भने निको हुनेको दर ७९.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३६ हजार ९ सय ११ जनाको उपचार भइरहेको छ । ३० हजार १ सय ३१ जना होम आइसोलेशनमा छन् भने ३ सय ७९ जनाको उपचार आइसीयूमा र ७८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
बागमती प्रदेश
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ सङक्रमित सङ्ख्या बढ्दै आएपछि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य, शिक्षा, पशु सेवा तथा कृषि कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड हुन नदिन कात्तिक १९ गतेबाट अर्को सूचना नभएसम्म शान्ति शुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी सेवा बाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कालिका गाउँपालिकाले सबै सेवा बन्द गरेको छ । गाउँपालिका भवनमा रहेको कृषि, पशु, स्वास्थ्य, शिक्षालगायतका शाखा र ग्रामीण अस्पताल पनि बन्द भएको छ । त्यसैगरी उत्तरगया, गोसाइकुण्ड गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । जिल्ला अस्पताल रसुवाले पनि आकस्मिक तथा प्रसूति सेवा बाहेक अन्य सेवा बन्द गरेको छ । काठमाडौँबाट जिल्लामा आउने जाने बढेको र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न नसकेको कारणले सङ्क्रमण बढेको हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रसुवामा पीसीआर परीक्षण १ हजार ३ सय ३० जनामा गरिएकोमा १ सय ७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । हाल आइसोलेशन सेन्टरमा पाँच जना र होम आइसोलेशमा ४१ जना गरी ४६ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोभिड–१९ को जोखिम बढेसँगै शुक्लागण्डकी नगरपालिकाको केही क्षेत्र कात्तिक १९ गतेदेखि कात्तिक २५ गतेसम्म बन्द गरिएको छ । नगरकार्यपालिकाको कात्तिक १९ गते बसेको बैठकले कोभिड सङ्क्रमण नगरपालिकाको समुदाय स्तरमा देखिन थालेको र यसले थप जटिल समस्या आउन सक्ने हुँदा सङ्क्रमणबाट बच्न र बचाउन नगरपालिकाको पृथ्वी राजमार्ग क्षेत्रको आसपासको क्षेत्र, अन्य बजार क्षेत्र, कवासे, ढोरफिर्दी र साँखे बजार क्षेत्र कात्तिक १९ गते रातको १२ बजेदेखि कात्तिक २५ गते रातको १२ बजेसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनु भयो । यस अवधिमा नगरपालिका र वडाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवा, सरसफाई सेवा तथा विपद् व्यवस्थापन सेवाबाहेक अन्य सेवा बन्द गरिने नगरपालिकाको विज्ञप्तिमा जनाइएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिका–१० मा समुदाय स्तरमा कोभिड सङ्क्रमण फैलिएपछि वडामा कात्तिक १९ गते रातको १२ बजेदेखि कात्तिक २४ गते रातको १२ बजेसम्म लकडाउन गरिएको छ । कात्तिक १९ गते वडाध्यक्ष प्रेम बहादुर थापाले विज्ञप्ति जारी गर्दै वडा भित्र रहेका अति आवश्यक सेवाबाहेक व्यापार व्यवसाय, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, पर्यटन क्षेत्र र सबै प्रकारका सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार केआइ सिंह गाउँपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । गाउँपालिकाबाट प्रदान गरिने सेवा १९ गतेदेखि २३ गतेसम्मका लागि बन्द गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीले बताउनु भयो । सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेका व्यक्तिहरूको कोभिड परीक्षण गरी सोको रिपोर्ट नआएसम्म सेवा बन्द गर्ने गाउँपालिकाकी उपाध्यक्ष मीना बिष्टले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…