कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १७ गते)
कात्तिक १७ गते २ हजार ९ सय ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७६ हजार ५ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १७ गतेसम्म ९ सय ८४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक १७ गते थप २४ जना सङ्क्रमितको मृत्यु भएको हो । सङ्क्रमितमध्ये १ लाख ३७ हजार ९ सय ९२ जना निको भएका छन् । कात्तिक १७ गते ३ हजार १ सय ५० जना निको भएका छन् भने निको हुनेको दर ७८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३७ हजार ५ सय २४ जनाको उपचार भइरहेको छ । ३० हजार ९ सय २४ जना होम आइसोलेशनमा छन् भने ३ सय ४७ जनाको उपचार आइसीयूमा र ७४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ बजारमा एक साता लामो लकडाउन गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कात्तिक १७ गते रातिदेखि कात्तिक २४ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको हो । बागलुङ उद्योग वाणिज्य सङ्घले कात्तिक १६ गते अनुरोध गरेपछि बागलुङ नगरपालिकाले पनि लकडाउन गर्न प्रशासनमा सिफारिस गरेको थियो । सोही अनुसार बागलुङ नपा वडा नं. १, २, ३ र ४ को क्षेत्रमा लकडाउन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत धिरेन्द्रराज पन्तले बताउनुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार मोदी गाउँपालिकामा लकडाउन गरिएको छ । स्थानीय समुदायका दुई जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकाहरूबाट सङ्क्रमण थप फैलनसक्ने भन्दै गाउँपालिकाको सङ्कट व्यवस्थापन केन्द्रले कात्तिक १७ गते राति १२ बजेदेखि लागु हुने गरी पाँच दिनका लागि लकडाउनको घोषणा गरेको हो । अत्यावश्यक सेवाबाहेक मोदी गाउँपालिकाका विभिन्न शाखा सडकहरूबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार हुप्सेकोट गाउँपालिकाका जनप्रतिनिधिसहित आठ जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । कात्तिक २१ गतेसम्म गाउँपालिकाबाट हुने सेवा प्रवाह बन्द गरिएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी
मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय राजुकमार श्रेष्ठललाई जिल्ला अदालत चितवनले वैशाख ५ गते १० वर्ष कैद हुने फैसला गरेको छ । सोही घटनामा श्रेष्ठलाई…
राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुनेः मन्त्री महतो
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज कल्याण परिषद्को आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको…
दुर्व्यवहार घटनका आरोपित विरुद्ध उजुरी
ननयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता सिरहा नपा–७ का ३७ वर्षीय सुरेन्द्र कामती र एभिन्यूज टेलिभिजनका सम्वाददाता सिरहा नपा–११ का ३९ वर्षीय शुभनारायण कामतीलाई कथित बोक्सीको आरोपसम्बन्धी घटनाको समाचार सङ्कलन गर्न…