कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १३ गते)
कात्तिक १३ गते २ हजार ३ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १३ गतेसम्म ९ सय ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक १३ गते थप १७ जना सङ्क्रमितको मृत्यु भएको हो । सङ्क्रमितमध्ये १ लाख २४ हजार ८ सय ६२ जना निको भएका छन् । कात्तिक १३ गते ३ हजार ३८ जना निको भएका छन् भने निको हुनेको दर ७५.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३८ हजार ९ सय ५२ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३१ हजार ८ सय ९८ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय ४ जनाको उपचार आइसीयूमा र ७६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
खोटाङ प्रतिनिधि रामधन राईका अनुसार कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि अधिकांश सरकारी कार्यालय बन्द गरिएको छ । जिल्ला समन्वय कार्यालय, जिल्ला प्रशासन कार्यालयका पदाधिकारी तथा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि अधिकांश कार्यालय बन्द भएको सार्वजनिक सूचना जारी गरिएको छ । कोभिड–१९ को महामारी समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय अर्को सूचना जारी नहुञ्जेलसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार इलाका प्रशासन कार्यालयका चार जना कर्मचारीमा कोभिड १९ सङ्क्रमण देखिएपछि कात्तिक १२ गतेदेखि इलाका प्रशासन कार्यालय कञ्चनरुप अनिश्चितकालका लागि बन्द गरिएको इलाका प्रशासन कार्यालय प्रमुख दिनेश कार्कीले कात्तिक १२ गते एक सूचना प्रकाशित गरी जानकारी दिनु भएको छ ।
बागमती प्रदेश
मकवानपुर जिल्लामा ५ देखि १५ वर्ष उमेर समूहका ७६ जना बालबालिकामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा हालसम्म १० वर्ष मुनीका १ हजार ८ सय ६९ जना बालबालिकाहरूमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार मकवानपुरमा मात्रै कात्तिक १२ गतेसम्ममा ५ वर्ष मुनीका २२ जना बालबालिकाहरू सङ्क्रमित भएका छन् ।
गण्डकी प्रदेश
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिकाकी एक जना महिलामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसँगै स्थानीयतहहरुले कडाइ गर्न थालेका छन् । घरपझोङ गाउँपालिकाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले मुस्ताङमा अहिले सञ्चालनमा रहेका विद्यालयहरू कात्तिक १२ गतेदेखि कात्तिक १९ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । सङ्क्रमण न्यूनीकरणका लागि अत्यावश्यक बाहेक अन्य सबै सवारी सञ्चालन रोक्नका लागि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका गाउँ मुखियाहरूले अन्य जिल्लाका नागरिकलाई गाउँमा आउन नदिने र अन्यत्रबाट स्थानीय गाउँपालिकामा आएमा कडाइका साथ क्वारेण्टिनमा राख्ने निर्णय गरेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताउनुभयो । गुरुङका अनुसार अन्य जिल्लाबाट आउन खोज्नेलाई पनि सकभर नआउनका लागि नै आग्रह गरिएको छ भने स्थानीयलाई पनि कोरोनाबाट सुरक्षित गर्नका लागि सबै उपाय अपनाइएको छ । जिल्लाका स्थानीय तहले आग्रह गरेको भए पनि सवारी साधन रोक्ने विषयमा कुनै निर्णय नभएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कात्तिक १३ गतेबाट भिमसेन थापा गाउँपालिकाको सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कात्तिक १३ गतेबाट सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताउनुभयो । सङक्रमित कर्मचारीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी कोभिड–१९ परीक्षणको रिपोर्ट प्राप्त नहुञ्जेलसम्मको लागि गाउँपालिकाबाट प्रवाह हुने सेवा बन्द भएको उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेश
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार सरुमारानी गाँउपालिकाको कार्यालय कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्मको लागि सील गरिएको छ । कात्तिक १२ गते गाँउपालिकामा कार्यरत एक जना कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि गाँउपालिकास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गाउँपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गरी सङ्क्रमण थप फैलिन नदिन र सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारी क्वारेण्टिनमा बस्नु पर्ने भएकोले बन्द गर्ने निर्णय गरेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झकबहादुर विश्वकर्माले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
निर्माण व्यवसायीको लापरवाहीले अस्पताल भवन नबन्दा सेवाग्राही मर्कामा
दोरम्बा शैलुङ गाउँपालिका दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । निर्माण व्यवसायी बीचमा काम छोडेर भागेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ०७८ चैत…
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…