कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ११ गते)
कात्तिक ११ गते ५ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७ सय २५ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक ११ गतेसम्म ८ सय ७६ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक ११ गते थप १४ जना सङ्क्रमितको मृत्यु भएको हो । सङ्क्रमितमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएका छन् । कात्तिक ११ गते ३ हजार १ सय ६८ जना निको भएका छन् भने निको हुनेको दर ७४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ४० हजार ६ सय ८१ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३२ हजार ४ सय ६४ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ८१ जनाको उपचार आइसीयूमा र ७१ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लाको काठेखोला गाउँपालिका धम्जा घर भई भारतबाट दशैँ मनाउन घर आएका एक युवामा कात्तिक १० गते कोभिड सङ्क्रमण पुष्टि भएपछि गाउँ नै सील गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिनुभयो । क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ती युवामा कोभिड सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितलाई धौलागिरी अस्पतालको आइसोलेशनमा राखिएको छ । ती युवक एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए । बजार आएर होम क्वारेण्टिन बसेर केही दिनअघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । तर, स्वाबको रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निश्कर्षसहित सील गरिएको काठेखोला–३ धम्जाका वडा अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो । स्वाब दिएपछि कुनै लक्षण नभएकाले उनी गाउँमा परिवारका साथ दशैँ मनाउन र साथीहरुसँग गाउँघरका खेलकुद लगायतका कार्यक्रममा पनि सहभागी थिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…