कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ९ गते)
कात्तिक ९ गते २ हजार ८ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२ हजार ३ सय ११ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक ९ गतेसम्म ८ सय ४७ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १ लाख ११ हजार ६ सय ७० जना निको भएका छन् । कात्तिक ९ गते ३ हजार ३ सय ३६ जना निको भएका छन् भने निको हुनेको दर ७०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ४५ हजार ५ सय २ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३२ हजार ५ सय ९३ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ७७ जनाको उपचार आइसीयूमा र ६६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको…
स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप
अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)
वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले…