कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २५ गते)
वैशाख २५ गते ८ हजार २ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २५ गते परीक्षण गरिएकामध्ये ४८ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १४.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २५ गते १९ वर्ष मुनीका ७ सय ५६ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १७ हजार ३ सय १५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ९८ हजार ७ सय ६५ जना निको भएका छन् । वैशाख २५ गते ३ हजार ३ सय ७० जना निको भएका छन् भने निको हुनेको दर ७७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २५ गतेसम्म ३ हजार ६ सय ३२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २५ गते ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८३ हजार ४ सय ९३ देखाइएको छ । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख २५ गते दिउँस ४ बजेसम्म ६३ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा भेण्टिलेटर अभावले गर्दा कोभिड सङ्क्रमितको उपचारमा समस्या देखिएको छ । यस्तो समस्या आएसँगै प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आठ ओटा नयाँ भेण्टिलेटर जडान कार्य वैशाख २४ गतेदेखि सुरु गरेको छ । प्रादेशिक अस्पताल जनकपुरमा वैशाख २४ गतेदेखि आठ ओटा नयाँ भेण्टिलेटर जडानको काम भइरहेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रमोद यादवले जानकारी दिनुभयो । नयाँ भेण्टिलेटर अस्पतालमा सुचारु भएपछि यहाँका बिरामीलाई अन्य ठाउँमा जानुपर्ने बाध्यता टर्ने अस्पताल प्रशासनको विश्वास रहेको डा. यादवले बताउनुभयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख २५ गते सम्म १ सय १ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २५ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…