कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २२ गते)
वैशाख २२ गते ८ हजार ६ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २२ गते परीक्षण गरिएकामध्ये ४१ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १४.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २२ गते १९ वर्ष मुनीका ७ सय ३७ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा २० हजार ७ सय ५६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ८९ हजार ७ सय ३८ जना निको भएका छन् । वैशाख २२ गते १ हजार ९ सय ९३ जना निको भएका छन् भने निको हुनेको दर ८०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २२ गतेसम्म ३ हजार ४ सय ७५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २२ गते ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ६६ हजार ३ सय ५२ देखाइएको छ । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख २२ गते साँझसम्म ५६ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार वैशाख २२ गते राति १२ बजेदेखि लागु हुने गरी निषेध आदेश जारी गरिएको छ । वैशाख २२ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जेठ १ गतेसम्मका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको हो
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख २२ गते सम्म ७५ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २२ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
ठेकेदारको लापरवाहीले निर्माणाधिन अस्पताल अलपत्र, स्थानीयलाई सास्ती
जिल्लाकै सबैभन्दा विकट मानिने तमानखोला गाउँपालिकाका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउँने उद्देश्यले ०७७ सालमा निर्माण सुरू गरिएको पालिकास्तरीय अस्पताल ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको छ । समयमै अस्पताल निर्माण कार्य…
श्रीमानको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु
श्रीमानको कुटपिटबाट घाइते पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । ०७९ माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद…
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…