कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ८ गते)
कात्तिक ८ गते २ हजार २ सय २५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १३ हजार ८ सय ४६ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक ८ गतेसम्म ८ सय ४२ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १ लाख ८ हजार ३ सय ३४ जना निको भएका छन् । कात्तिक ८ गते २ हजार ८ सय ४६ जना निको भएका छन् भने निको हुनेको दर ६९.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ४६ हजार ५७ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३२ हजार ८ सय ७३ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय ७ जनाको उपचार आइसीयूमा र ७० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
कर्णाली प्रदेश
रुकुम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कात्तिक ७ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बाँफिकोट गाउँपालिकाका चार ओटा वडामा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो परीक्षणमा बाँफिकोटका तीन जना व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाका ४, ६, ७ र ८ नम्बर वडा सील गर्दै निषेधाज्ञा जारी गरेको हो ।
यी वडाहरुमा अति आवश्यक बाहेक अन्य आवतजावतलाई बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक सेवा र साधनबाहेकका सम्पुर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य, बिद्युत, दुरसञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, औषधी पसल, खाद्यान्न, ग्यास पेट्रोलियम पदार्थ लगाएतका सेवाहरु भने सावधानी अपनाएर सञ्चालन गरिनेछ । त्यस्तै एम्बुलेन्स, शव वाहन, झण्डावाल सवारी, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु, सवारी अनुमति पास प्राप्त सवारी साधनहरू पनि संचालन हुने बताइएको छ ।
यसैबीच कोभिड–१९ को सङ्क्रमणको तीव बृद्धिदरलाई मध्यनजर गर्दै त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ पनि कात्तिक ५ गतेदेखि १२ गतेसम्मका लागि सील गरिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै उक्त वडालाई सील गरिएको जनाएको हो । त्रिवेणी गाउँपालिका–७ कै ५३ वर्षीया एक महिलाको कात्तिक ५ गते कोभिड–१९ को सङ्क्रमणकै कारण होम आइसोलेशनमा मृत्यु भएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
निर्माण व्यवसायीको लापरवाहीले अस्पताल भवन नबन्दा सेवाग्राही मर्कामा
दोरम्बा शैलुङ गाउँपालिका दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । निर्माण व्यवसायी बीचमा काम छोडेर भागेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ०७८ चैत…
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…