कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २१ गते)
वैशाख २१ गते ७ हजार ५ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २१ गते परीक्षण गरिएकामध्ये ४७ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १३.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २१ गते १९ वर्ष मुनीका ६ सय २६ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १६ हजार १ सय ३१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ८७ हजार ७ सय ९० जना निको भएका छन् । वैशाख २१ गते १ हजार ७ सय ७५ जना निको भएका छन् भने निको हुनेको दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २१ गतेसम्म ३ हजार ४ सय १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २१ गते ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ५९ हजार ७ सय ९८ देखाइएको छ । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
उपत्यकामा एक साता थपियो निषेध आदेश
काठमाडौँ प्रतिनिधि बिमला पौडेलका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा जारी निषेध आदेशको अवधि एक साता थपिएको छ । वैशाख २१ ग्ते उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोभिड सङ्क्रमण बढ्दै आएको भन्दै वैशाख २९ गतेसम्म निषेध अदेश लम्ब्याउने निर्णय गरेको हो । बैठकले किराना तथा खाद्यान्न लगायतका पसल खोल्ने समय बिहान ७ बजेदेखि ९ बजेसम्म कायम गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । बैठकले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय गरेको पराजुलीको भनाई छ । उहाँका अनुसार यसअघि जारी भएका सबै सवारी पास खारेज गर्ने निर्णय समेत भएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । बैठकले कवाडी सङ्कलनलगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख २१ गते सम्म ७५ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २१ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ९ गते उजुरी दिनु भयो । पीडित पक्षका…
यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला
नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ…
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले दुर्व्यवहार गर्न बन्द गरिनु…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार…