कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १३ गते)
वैशाख १३ गते ३ हजार ४ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
वैशाख १३ गते परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १२.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख १३ गते मात्रै १९ वर्ष मुनीका ३ सय ३६ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ ।
गत २४ घण्टामा १२ हजार ४ सय ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७७ हजार ९ सय ५१ जना निको भएका छन् ।
वैशाख १३ गते ३ सय ७८ जना निको भएका छन् भने निको हुनेको दर ९१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १३ गतेसम्म ३ हजार १ सय ७६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १३ गते मात्रै १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या २२ हजार ४ सय ३४ देखाइएको छ । मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
मन्त्रालयका अनुसार २० हजार ५ सय ३५ जना होम आइसोलेशनमा छन् भने १ हजार ८ सय ९९ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी २ सय ६८ जना अइसीयूमा र ७८ जना भेण्टिलेटरमा उपचाररत छन् ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमितको उपचार सेवा बन्द गर्दै विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी वैशाख १३ गतेदेखि आन्दोलनमा उत्रिएका छन् ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएर सङ्क्रमणले महामारीको रूप लिइरहेका बेला सङ्क्रमितको उपचार नै छाडेर चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरुले माग पूरा नभएसम्म काममा नफर्किने बताएका छन् ।
एक चिकित्सकले सङ्क्रमितको उपचारमा विशेष ध्यान दिनुपर्ने बेला न्यूनतम सुविधाकै लागि आन्दोलनमा जार्नुपर्ने अवस्था आएको बताए ।
स्वास्थ्यकर्मीको आन्दोलनका कारण सङ्क्रमितले उपचार नपाएर अवस्था थप जटिल बन्ने देखिएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र १ सय ८० बेडको छ ।
६ जना नर्स, तीन जना पारामेडिक्स र पाँच जना चिकित्सक कार्यरत केन्द्रमा अहिले ३२ जना सङ्क्रमित बेड भर्ना भएरै उपचाररत छन् ।
आन्दोलनका कारण उपचार प्रभावित बनेपछि सङ्क्रमितको जीवन थप जोखिममा परेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त गरेका डाक्टर, नर्स र पारामेडिक्सले कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा पाएको बताएका छन् ।
उपचारमा खटिनेलाई खाना पनि गुणस्तरहीन दिने गरिएको गुनासो स्वास्थ्यकर्मीको छ । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले स्वास्थ्यकर्मीले उठाएको जायज माग सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको जानकारी आफूले पाएको बताउनु भयो ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले वैशाख १३ गते साँझ छुट्टाछुट्टै आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने उल्लेख गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेश अनुसार वैशाख १६ गतेदेखि एक सातासम्म खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।
काठमाडौँ उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।
अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
निषेधाज्ञामा केके खुल्ला र केके बन्दको आदेश छ ?
बन्द | खुला | समय |
सबैकिसिमका पसल | खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल | बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म |
सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना | । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष | बिहान १० बजेदेखि साँझ ५ बजेसम्म |
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय | अनिवार्य रूपमा परिचयपत्र देखाएर मात्र आवतजावत गर्न पाइने | |
सार्वजनिक र निजी सवारी साधन | अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र पास लिएका सवारी | |
विवाह ब्रतबन्ध (स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमतिमा १५ जनासम्म), सरकारी कार्यालयका गाडी (सम्बन्धित विभागबाट अनुमति लिएर), विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी (सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा), अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रु (हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा) |
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार बाँकेमा वैशाख १३ गते राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । उहाँले निषेधाज्ञा जारी भएको बेलामा अत्यावश्यक सेवा एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सञ्चालन गर्न दिने र स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैङ्कका एटिएम, औषधि पसल र हवाई सेवा सञ्चालन गर्न दिइने बताउनुभयो ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्लामा मात्रै ३ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएपछि वैशाख १४ गते रातिदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार कोभिड नियन्त्रणभन्दा बाहिर जानथालेपछि वैशाख १३ गतेको बैठकको निर्णय अनुसार सुर्खेत जिल्लाभर एक साताका लागि निषेधाज्ञाको आदेश गरिएको हो ।
सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि छत्रेश्वरी गाउँपालिकाले वैशाख १३ गतेदेखि १७ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताउनुभयो । यस्तै शारदा नगरपालिकामा नगर शिक्षा शाखाले कोभिडको जोखिम बढ्दै गरेको परिस्थितिलाई मध्यनजर गर्दै शारदा नगरपालिका अन्तर्गतका विद्यालयहरू वैशाख १३ गतेदेखि २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । दार्मा गाउँपालिकाका विद्यालयहरू १० दिनका लागि बन्द गरिएको छ । वैशाख १२ गतेदेखि लागू हुने गरी वैशाख २२ गतेसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख १३ गते सम्म ४९ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख १३ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…