कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ८ गते)
वैशाख ८ गते २ हजार २ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८९ हजार ७ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १२.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।
वैशाख ८ गते मात्रै १९ वर्ष मुनीका २ सय ७६ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । पछिल्लो समय सङ्क्रमित हुनेमा बालबालिकाको सङ्ख्यामा बृद्धि हुँदै आएको छ ।
गत २४ घण्टामा ८ हजार ८ सय ४४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७६ हजार ९३ जना निको भएका छन् ।
वैशाख ८ गते २ सय ८७ जना निको भएका छन् भने निको हुनेको दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ८ गतेसम्म ३ हजार १ सय १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १० हजार ५ सय ८२ देखाइएको छ । काठमाडौँ, ललितपुर र बाँकेमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिका–१४ स्थित जनताधन माध्यमिक विद्यालयका १९ जना विद्यार्थी र दुई जना शिक्षक सहित सोही वडाका अन्य १८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाको वडा नम्बर १२, १३ र १४ मा निषेधाज्ञा जारी गरिएको छ ।
यसअघि विद्यालयका दुई जना शिक्षक र एक जना विद्यार्थीमा सङ्क्रमण देखिएपछि विद्यालयका ९८ जनाको स्वाब परीक्षण गरिएकामा २१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । बाँकी सङ्क्रमितहरू सोही क्षेत्रकै अन्य विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय भएको स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
सङ्क्रमितको सम्पर्क आएकाको पहिचान गरेर परीक्षण गरी उपचार गर्नको लागि वैशाख वैशाख ७ गते देखि वैशाख १७ गते सम्म तीनओटै वडामा निषेधाज्ञा जारी गर्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको वैशाख १४ गते बसेको बैठकले निर्णय गरेको हो ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार प्यूठान नगरपालिका–७ पुण्यखोलास्थित क्षेत्र विकास माविका दुई जना विद्यार्थीलाई सङ्क्रमण पुष्टी भएपछि सो विद्यालय एक साताका लागि बन्द गरिएको छ ।
विद्यालयमा अध्यनरत अन्य विद्यार्थीहरुमा पनि जोखिम बढ्ने भन्दै विद्यालय बन्द गरिएको प्रधानाध्यापक पिताम्बर खडकाले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिको वैशाख ७ गते बसेको बैठकको निर्णय अनुसार सूचना प्रकाशन गरी वैशाख ८ गतेदेखि १४ गतेसम्म विद्यालय बन्द गरिएको हो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख ८ गते सम्म ३१ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख ८ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…