कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १७ गते)
असोज १७ गते २ हजार १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८४ हजार ५ सय ७० पुगेको छ । गत २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १७ गतेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ५ सय २८ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ६२ हजार ७ सय ४० जना निको भएका छन् । असोज १७ गते २ हजार ४४ जना निको भएका छन् भने निको दर ७४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २१ हजार ३ सय २ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ११ हजार ५ सय २९ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय १७ जनाको उपचार आइसीयूमा र ३१ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश २
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सुखिपुर नपा—२ का ५५ वर्षीय पुरुषको कोभिड–१९ सङ्क्रमणबाट असोज १६ गते उपचारको क्रममा विराटनगरमा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । उनलाई ज्वरो आएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा असोज १२ गते भर्ना गरिएको थियो । असोज १३ गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा असोज १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई थप उपचारको लागि आइशोलेसन अस्पताल लग्ने क्रममा एम्बुलेन्समै मृत्यु भएको थियो ।
बागमती प्रदेश
यस प्रदेशमा असोज १७ गते काठमाडौँमा १ हजार १, ललितपुरमा १ सय ९, चितवनमा ७५, भक्तपुरमा ६७, काभ्रेपलाञ्चोकमा ११, धादिङ र नुवकोटमा आठ/आठ, मकवानपुर र रामेछापमा ६/६, सिन्धुली र दोलखामा तीन/तीन र सिन्धुपाल्चोकमा दुई जना गरी १ हजार २ सय ९९ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ३३ हजार ७ सय ९६ पुगेको छ । जसमध्ये १९ हाजर ६ सय ५६ जना उपचारपछि निको भएका छन् भने १३ हजार ९ सय ३७ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । आज थप ६ जनाको मृत्यु भएको पुष्टि भएसँगै यस प्रदेशमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ३ पुगेको छ ।
गण्डकी प्रदेश
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार कोभिड–१९ को सङ्क्रमणबाट विनयी त्रिवेणी गाउँपालिकाका ३६ वर्षीय पुरुषको असोज १७ गते मृत्यु भएको छ । असोज १३ गते कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका उनलाई असोज १७ गते खोकीसहित श्वासप्रश्वास तथा कलेजोमा समस्या भएपछि सोही दिन उनको उपचारका लागि भरतपुर अस्पताल चितवनको आइसियूमा भर्ना गरिएको थियो । असोज १७ गते दिउसो उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै जिल्लामा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङख्या सात पुगेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…