कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २१ गते)

  ०७७ चैत २१ गते

चैत २१ गते १ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ हजार ७ सय २७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७३ हजार १ सय २३ जना निको भएका छन् ।

चैत २१ गते १ सय ६१ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २१ गतेसम्म ३ हजार ३२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय १३ देखाइएको छ ।


अनलाइन डेस्क