कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १५ गते)

  ०७७ चैत १५ गते

चैत १५ गते ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ हजार १ सय १ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार ५ सय ३० जना निको भएका छन् ।

चैत १५ गते ९५ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १५ गतेसम्म ३ हजार २७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ८२ देखाइएको छ ।


अनलाइन डेस्क