कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ११ गते)
चैत ११ गते १ सय ४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ९ सय ६३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार १ सय ८७ जना निको भएका छन् ।
चैत ११ गते ९० जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत ११ गतेसम्म ३ हजार २० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ८२ देखाइएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । ०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन पटकपटक थप गरी ०७७ साउन ७ गते अन्त्य गरिएको थियो ।
लकडाउन हटेपछि बजार पसल खुले । दशैँतिहार सकिएसँग शैक्षिक संस्था पुरानै लयमा खुलाइयो । सबै क्षेत्रमा चहलपहल बढ्यो । कोभिडको त्रास पनि घट्दै आयो । पछिल्लो समय सङ्क्रमण दर घट्दै आयो ।
तर, भारतसहित विश्वका विभिन्न देशमा कोभिडको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा जाने हो कि भन्ने त्रास बढ्न थालेको । कोभिड–१९ को दोस्रो लहर तीव्र गतिमा फैलिएपछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ ।
कोरोना कहरः सङ्क्रमणको जोखिम बढ्दै !
काठमाडौँ उपत्यकाका तीन जिल्लाले कोभिड-१९ को बढ्दो सङ्क्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका छन् ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले चैत ११ गते विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने जनाएका छन् ।
चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् । काठमाडौँ उपत्यकामा सङ्क्रमणको जोखिम बढ्दै आएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।
कोरोना भाइरसः एक सातासम्मका लागि ‘लकडाउन’, उल्लङ्घन गरे ६ महिना कैद (२०७६ चैत ११ गते प्रकाशित समाचार)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…