कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ३ गते)
कात्तिक ३ गते ३ हजार ७ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १५ हजार ७ सय १४ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक ३ गतेसम्म ७ सय ५७ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ९४ हजार ५ सय १ जना निको भएका छन् । कात्तिक ३ गते २ हजार ३ सय ३५ जना निको भएका छन् भने निको हुनेको दर ६९.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ४० हजार ७ सय ७८ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २६ हजार ९ सय २७ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ८२ जनाको उपचार आइसीयूमा र ६३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि बुद्धशान्ति गाउँपालिका कात्तिक ३ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । समुदायस्तमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार गढी र भोक्राहा नरसिंह गाउँपलिकाले कात्तिक ३ गते छुट्टाछुट्टै सूचना जारी गरेर कात्तिक ३ गतेदेखि ६ गतेसम्म गाउँपालिकाबाट प्रवाह हुने सेवा बन्द गरेका छन् । छिमेकी गाउँपालिका र नगरपालिकामा काभिड सङ्क्रमण उच्च रूपमा बृद्धि भएकाले गाउँपालिकाको कार्यालय बन्द गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिका र ६ ओटै वडा कार्यालयसहित गाउँपालिकाको मातहतमा रहेका शाखा तथा निकाय बन्द रहने उल्लेख गरिएको छ । यसअघि इटहरी र धरान उपमहानगरपालिका, इनरुवा र रामधुनी नगरपालिका तथा कोशी गाउँपालिकाले बन्दको सूचाना जारी गरिसकेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…