कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २७ गते)

  ०७७ फागुन २७ गते

फागुन २७ गते ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ४ सय ८४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१ हजार १ सय १६ जना निको भएका छन् । फागुन २७ गते ६६ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २७ गतेसम्म ३ हजार १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ९ सय ४२ देखाइएको छ ।


अनलाइन डेस्क