कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २ गते)
कात्तिक २ गते २ हजार ९ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक २ गतेसम्म ७ सय ३९ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ९२ हजार १ सय ६६ जना निको भएका छन् । कात्तिक २ गते २ हजार ३ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ६९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३९ हजार ३ सय ४१ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार २६ हजार ४ सय ८ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय १ जनाको उपचार आइसीयूमा र ६६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयले दशैँको समयमा कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै कात्तिक २ गते निषेध आदेश जारी गरेको छ । कात्तिक ३ गते मध्यरातदेखि कात्तिक १५ गते मध्यरातिसम्म निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो । आदेशमा मठ मन्दिरमा भेला भई पुजा र भजनकिर्तन गर्न बर्जित गरिएको छ । सामूहिक शुभकामना आदानप्रदान कार्यक्रम रोक लगाएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढेपछि निषेध जारी गरेको प्रशासनले जनाएको छ । जिल्लामा कात्तिक २ गतेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय २४ पुगेको छ । जसमध्ये २ हजार ७ सय ४२ जना निको भएका छन् ।
गण्डकी प्रदेश
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार म्याग्दीको मङ्गला गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण भएपछि अत्यावश्यक बाहेकका काम बन्द गरिएको छ । गाउँपालिका कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेक सबै कार्य कात्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)
वैशाख १० गते २ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…
वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार
भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै…
समयमा नै ध्यान पुर्याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण
इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालगञ्जमा कोभिड-१९ का कारण…
तीन महिनामा १ हजार ३ सयभन्दा बढी पीडित, महिला तथा बालिका हिंसाका घटना ७४ प्रतिशत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले वैशाख ८ गते जारी गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१…