कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १९ गते)

  ०७७ फागुन १९ गते

फागुन १९ गते ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ३ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ३ सय ९९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७० हजार ६ सय ५ जना निको भएका छन् । फागुन १९ गते ६२ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १९ गतेसम्म ३ हजार १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन १९ गते २ सय ३३ जनाको मृत्यु भएको सङ्ख्या थप गरिएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ७ सय ६६ देखाइएको छ ।


अनलाइन डेस्क